rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

रौतहटको राजपुरका मेयर र दुई वडाअध्यक्ष कांग्रेस त्यागेर एमालेमा प्रवेश

रौतहटको राजपुर नगरपालिकाका मेयर मोहम्मद साकिल अख्तर नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिवास बालेकोट पुगेर कांग्रेसबाट निर्वाचित मेयर अख्तर एमालेमा प्रवेश गरेका छन्।

 

उनीसँगै राजपुर नगरपालिका वडा नम्बर ३ र ९ का वडाध्यक्ष पनि एमालेमा प्रवेश गरेका छन्।

 

उनीहरुसँग एमाले स्थायी कमिटी सदस्य एवम् रौतहट नै गृहजिल्ला भएका नेता प्रभु साहले अख्तरलाई एमालेमा प्रवेश गराउन वार्ता गरेका थिए।

त्यसैगरी कांग्रेस जिल्ला कार्यसमिति रौतहटका सदस्य शेख मुबारक, शेख इम्ताज र लोसपाका केन्द्रीय सदस्य शेख मन्जुर पनि एमालेमा प्रवेश गरेका छन्।