rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

‘एमाले पार्टीको रौतहट जिल्ला कमिटिका सपथ ग्रहण कार्यक्रम सम्पन्न ।’

सुनिल रजक चैत २० गते। रौतहट

 नेपाल कम्युनिष्ट पार्टी (एमाले) रौतहट जिल्ला कमिटिका सपथ ग्रहण कार्यक्रम तथा प्रथम विस्तारित बैठक आज आईतबार सम्पन भएको छ ।

रौतहटको मध्यभाग गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठान को भवनमा कार्यक्रम आयोजना गरी “दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौ , जबजको मार्ग दर्शनमा समाजवादको आधार तयार गरौ ” सो कार्यक्रमको नारा रहेको थियो । साथै नवनिर्वाचित जिल्ला सदस्यहरुलाई अध्यक्ष त्रिभुवन साहले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथ ग्रहण लगत्तै बसेको जिल्ला कमिटीको प्रथम विस्तारित बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले बाँकी रहेका वडा कमिटीहरुको गठन तथा एकतासहितको पुनर्गठन गर्ने निर्णय गरेको छ । भोलि चैत्र २१ गते एकैसाथ सम्पूर्ण वडाहरुको अधिवेशन तथा बैठक गर्ने निर्णय गरेको छ । त्यस्तै चैत्र २६ गतेभित्र बाँकी रहेका पालिका कमिटीहरुको एकता अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले चैत्र २६ गते सम्पूर्ण वडा कमिटीहरुको बैठक बसी वडाका उम्मेदवार तथा २८ गते नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ । उम्मेदवार सिफारिस गर्दा सकेसम्म सर्वसम्मत गर्न नभए कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिइएको हो ।

साथै, चैत्र ३० गते भित्र जनसंगठनहरुको वडादेखि जिल्लासम्मको कमिटी गठन गर्न सम्बन्धित जनसंगठनलाई निर्देशन दिएको छ । बैठकले निवेश यादवलाई सञ्चार तथा प्रचार प्रसार प्रमुखको जिम्मेवारी दिएको छ भने गौरस्थित जिल्ला कार्यालयको सचिवमा राजेश साह, गरुडास्थित कार्यालयमा विजय साह र अन्जनी साह तथा चन्द्रपुर कार्यालयमा प्रहलाद पौडेललाई जिम्मेवारी दिएको छ ।