रौतहट मिडिया // असार ३१ गते
घुस लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएका छन् । आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनी राजीनामा दिएको उनले बताएका छन् ।
राजीनामा दिएपछि उनले आफूलाई नखाएको विष लागेको बताउँदै यस्तो प्रविधिको दुरुपयोगको सिकार अरु नबनुन भन्ने अपेक्षा समेत गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘, ‘कहिले काहिँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्नीय प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा गरेको छु ।’
उनले अगाडि लेखेका छन्, प्रविधिको उच्चतम प्रयोगको सिकार अब अरु कोही पनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्म् सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु ।’


More Stories
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।
बौधिमाईमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुको बैठक सम्पन्न।