असोज २३ गते रौतहट।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, अन्तर्गतको आंगिक शिक्षालयको चालु आ.व. ०८२/८३ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार छोटो अवधिको सीपमुलक तालिम संचालन गर्ने कार्यक्रम देवाही गोनाही नगरपालिका-९ धरहरी अन्तर्गत यस शिक्षालयद्वरा तपसिल बमोजिमका निःशुल्क छोटो अवधिको ३९० घण्टा (६५ दिन) तह १ को व्यावसायमुलक तालिम संचालन गर्न लागेको हुँदा १८ वर्ष उमेर पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र कार्यालय समयमाआवेदन फारम भर्न हुनको साथै यस अघि तालिम नलिएको / सिप परीक्षण प्रमाण पत्र नभएको इच्छुक व्यक्तिहरुको लागि मात्र यो सूचना प्रकाशित गरिएको छ ।
तालिमको नाम
१) सहायक प्लम्बर (Assistant Plumber) सिट संख्या=२०
२) बेमौशमी तरकारी उत्पादक (Off-season vegetable Producer) सिट संख्या=२०
३) कम्प्युटर हार्डवेयर टेकनिसियन (Computer Hardware technician) सिट संख्या=२०
सामान्य लेखपढ गर्न स्सामान्य लेखपढ गर्न स्कने कम्तिमा ८ कक्षा उतिर्ण गरेको हुनुपर्छ।
छनौटको किसिम : अन्तर्वार्ता बाट हुनेछ।
आवेदन फारम पाइने स्थानः जय किसान बहुप्राविधिक शिक्षालय धरहरी, रौतहट ।
आवेदन भर्ने अन्तिम मिति : २०८२/०७/०७ गते कार्यालय समय भित्र।
फारम साथ पेश गर्नुपर्ने कागजातहरु :
१. नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी १ प्रति
२. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति
३. आवेदन साथ आवश्यक शैक्षिक योग्ताको प्रमाणपत्रको फोटोकपी संलग्न गर्नुपर्ने छ ।
अन्य थप जानकारीको लागि: ९८५५०४४५२९,९८५५०४४३२७


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
राष्ट्रिय पत्रकार संघ रौतहट द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न