सिताराम साह // कार्तिक २७ गते
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू, अब आँखा परीक्षणका लागि बाहिर जानु नपर्ने ।
#रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा’ सुरू —#प्रकाशजित आई हॉस्पिटल एण्ड नर्सिङ्ग होम शिवनगर चौकबाट दुइसय मिटर उतर ठिक बिधुत औपिसको अगाडी पटी रहेको छ । आँखाको सबै परीक्षण अब आफ्नै जिल्लामा ।
रौतहट जिल्लामा पहिलो पटक फेको मेसिन र टोपिकल सेवा सुरू भएको छ।
जिल्लामा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल मेसिन सेवा सुरू गरिएपछी सर्वसाधारण नागरिकको उपचारमा निकै सहजता भएको छ।
गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत गरुडा नगरपालिका वडा नम्बर ६ शिवनगर चौकमा अवस्थित प्रकाशजित आई हॉस्पिटलले सो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।
यससँगै अब रौतहटका बासिन्दाले आँखा सम्बन्धी रोगको परीक्षणका लागि लहान, बिरगंज वा काठमाडौंजस्ता सहर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
यसअघि आँखा रोगको परीक्षणका लागि बिरामीहरूलाई लहान , बिरगंज वा काठमाडौंजस्ता सहर धाउनुपर्ने बाध्यता थियो। अब जिल्लामै यस्तो अत्याधुनिक सेवा उपलब्ध भएपछि स्थानीयवासी उत्साहित बनेका छन्।
अस्पतालका प्रमुख डा. संजय कुमार साह अनुसार, “ प्रकाशजित आँखा अस्पतालको मुख्य उद्देश्य सदैव स्थानीय जनतालाई सस्तो, भरपर्दो र आधुनिक उपचार सेवा उपलब्ध गराउने हो। ६ वर्षको यात्रामा हामीले विश्वास जितेका छौँ र अब फेको मेसिन र टोपिकल सेवा गरेर स्वास्थ्य सेवामा अर्को उपलब्धि थपेका छौँ।”
के हो फेको मेसिन र टोपिकल सेवा ?
फेको मेसिन वाट अपरेशन हुदा भिजन धेरै राम्रो आउनु र बिना इनसिजन को अपरेशन फेको वाट अपरेशन हुदा हास्पिटल मा बस्नु पर्दैन। फेको मेसिन वाट अपरेशन कालो चश्मा धेरै दिन लगाउनुपर्छ । टिपिकल सेवा भनेको ? टिपिकल सेवा वा अपरेशन भनेको बिना इन्जेक्सन को अपरेशन हुनु र टोपिकलमा कुनै आँखा मा पटि लाउनु पर्दैन।
मोतिबिन्दु शल्यक्रिया सामान्यतया सुरक्षित र अत्यधिक प्रभावकारी हुन्छ तर तपाईंको निको हुने प्रक्रिया शल्यक्रियापछि आवश्यक सावधानीहरू कति राम्ररी पालना गर्नुहुन्छ भन्ने कुरामा निर्भर गर्दछ। शल्यक्रिया पछि आँखाको हेरचाह डक्टरको सल्लाह बमोजीम पालना गरेर तपाईंको आँखा राम्रोसँग निको हुन्छ र तपाईंले केही समयमै सुधारिएको दृष्टिको आनन्द लिन सक्नुहुन्छ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।
राष्ट्रिय पत्रकार संघ रौतहट द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न