Posts Grid

March 7, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई  अभिमुखीकरण।

रूपेश यादव

राैतहट १६ माघ।

 फतुवा बिजयपुरमा   एच.पि.भि खोप अभियान २०८१ सम्बन्धि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ । बुधबारका  दिन आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर -७  फतुवामा  स्वास्थ्य शाखा प्रमुख  रमेश यादवले स्वागत मन्तव्य सुरु गरेको  कार्यक्रममा पुर्व  प्रशासकीय अधिकृत प्रमोद गुप्ताले  राष्ट्रिय खोप कार्यक्रमको उद्देश्य,महत्त्व र प्रभावकारिताको बारे  र  पाठेघरको मुखको क्यान्सरबाट बच्नको लागी दिइने एच.पि.भी.खोपको बारेमा जानकारी गराउनु भएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा कार्यवाहक मेयर अम्बेया खातुनले रहेकी थिईन।  उक्त खोप फतुवा बिजयपुर नगरपालिकामा माघ २२ गते देखि फागुन ६ गते सम्म सञ्चालन हुने प्रशिक्षक  बताए । विद्यार्थीहरुको हकमा कक्षा ६ देखी १० सम्मका सबै छात्राहरु र विद्यालय नजाने १० देखी १४ बर्ष उमेर समुहका छात्राहरुलाई एच.पि.भी.खोप लगाउने जानकारी गराउनु भएको छ ।

एच.पि.भी.खोप सेवा बिद्यालयमा केन्द्रहरु स्थापना हुने र सबै छात्राहरूले सेवा पाउने समेत बताए। विद्यालयको पहुँच भन्दा बाहिर रहेका छात्राहरूले विद्यालय र स्वास्थ्य संस्था मार्फत सेवा पाउने समेत बताए  ।

खोप अभिमुखिकरण कार्यक्रममा बोल्दै  गुप्ताले खोपको पहुँचमा सबैलाई ल्याउनुपर्ने बताए ।  सरकारले लिएको लक्ष्य पुरा गर्न सबैले आ-आफ्नो तह र तप्काबाट प्रचार प्रसार गर्न समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा  पुर्व प्रमुख प्रशासकीय अधिकृत प्रमाेद गुप्ता,  स्वास्थ्य शाखा प्रमुख रमेश यादव, चन्द्ररुप चा‌धरी , सबै स्वास्थ्य संस्था प्रमुखहरु र स्वयंमसेविकाहरुकाे सहभागीता रहेको थियो ।

 

You may have missed