rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

फतुवा विजयपुर नपामा चरम बेथिती आजपाले प्रतिकार गर्ने एवं भ्रष्टचार बिरुद्ध आजपाको बैठक

भदौ ७ गते रौतहट

१.फतुवा विजयपुर नपामा चरम बेथिती आजपाले प्रतिकार गर्ने
२. फतुवा बिजयपुरमा भ्रष्टचार बिरुद्ध आजपाको बैठक
रौतहट जिल्लाको उत्तरी र पश्चिमी भेग अवस्थित फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै आम जनता पार्टी(आजपाले) प्रतिकार गर्ने भएको छ।
आज शनिबार सितलपुरमा बसेको नगर कमिटीको बैठकले
भ्रष्टचार विरुद्ध संघर्ष गर्ने संकल्प सहित बसेको उक्त बैठकले संगठन निर्माण र बिस्तारलाई समेत अभियानको रूपमा अगाड़ी बढ़ाउने निर्णय गरेका हुन ।नगरपालिका स्थानीय सरकार भएको हुँदा नगरवासीले सरकारको महसुस गर्ने किसिमको कार्य नभएको र पालिकामा भ्रष्टाचार र अनियमितता व्याप्त रहेको हुँदा त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको आजपाका नगर अध्यक्ष मेयर प्रत्यासी विजय यादव निर्विजलें  जनाएको छ।
” देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गएको र आर्थिक संकटबाट सबै भन्दा बढी फतुवा विजयपुर नगरपालिका प्रभावित भएकोछ । यस नगरपालिकामा आर्थिक उत्पादनको श्रोत साधन सिमित
हुँदा पनि कुनै किसिमको ठोस कार्य भएको छैन।
यस्तो संकटपूर्ण अवस्थामा जनता माथी अनावश्यक करको भार थुपार्ने र जनताको खुन पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठ्ठीभर निर्वाचित जनप्रतिनिधिहरु र गैर मान्छे आफु खुशी भागवण्डा गरि चाटने कार्यले नगरको बिकास सम्भव छैन । आम जनता निराश भएको छ।

जनताको पिरमार्कामा राज्यको विभिन्न निकाय र तहहरुद्वारा सहयोग गर्नुको सट्टा आज कर आतंक खडा गरिएकोछ । जनताको आमदानीमा कर लिने तर उत्पादन नोक्सान हुदा वा घाटामा पर्दा हेर्न समेत नआउने उल्टै समयमा कर नतिर्दा सजायको भागीदार बनाउने जस्ता जनबिरोधी कार्य खुलेआम भईरहेकोछ । यो नगरपालिकाले समेत जन्मिदा देखि मर्दा सम्म अर्थात जन्मदर्ता देखि मृत्युदर्तासम्म समेत कर लगाउने, कर संकलन तथा सदुपयोग नगर्ने, आन्तरिक राजस्वलाई समेत पारदर्शी नबनाउने जस्ता कार्य गरिरहेकोछ ।उक्त बैठकमा आजापा नेता प्रदीप पटेल, मेयर प्रत्यासी विजय, चर्चित वडा अध्यक्ष संजय यादव , आजापा नगर उपअध्यक्ष सेर बहादुर पटेल, उपाध्यक्ष प्रदीप चौधरी, उपाध्यक्ष राधाकांत यादव , महिला नेत्री सुनीता महतो, सचिवालय सदस्य रामशरण यादव, केंद्रीय सदस्य दीपेंद्र रजक, वडा अध्यक्ष प्रत्यासी सेख मोबिन, वडा अध्यक्ष प्रत्यासी रामासंकर पासवान, पूर्व वडा अध्यक्ष ब्रह्ममा नारायण यादव, नेता दीनानाथ यादव, युवा नेता बाबु जान आलम, रामकिशोर साह, प्रमिष यादव, तथा पत्रकार रूपेश यादव लगायतका उपस्थिति रहेको थियो ।