९ फागुन, बाँके । ट्रक पल्टिएर च्यापिंदा बाँकेको कोहलपुर चौराहमा एक प्रहरी जवानको मृत्यु भएको छ ।
ड्युटीमा खटिएका ३६ वर्षीया प्रहरी जवान कविता बीसीको मृत्यु भएको प्रहरीले जनाएको छ । शम्सेरगञ्जबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक आइतबार गएराति १० बजतिर पल्टिदाँ प्रहरी चौकी खडैचा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत रहेकी बीसीको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेकी उनलाई उपचारका लागि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा ल्याएपनि उपचारकै क्रममा हिजो राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बाँकले जनाएको छ ।
दुर्घटना पश्चात् फरार भएको ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


More Stories
गुप्ताले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएको छ
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।