rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

महोत्तरीको सोनमामा यूवाहरु द्वारा भण्डाफोर कार्यक्रम सुरु 

धर्मेन्द्र कुमार यादव-महोत्तरी,                                विभिन्न शिर्षकको हिसाब पार्दर्शी गर्नु पर्ने माग गर्दै सोनमा गाउपालिकामा यूवाहरु द्वारा भण्टाफोर कार्यक्रम सुरु गरेका छन।

चुनावको समय नजिक हुँदै गएको समयमा जनतालाइ आफ्नो पक्षमा भोटदिने प्रलोभनको लागि सोनमा गाउपालि प्रमुख द्वारा विभिन्न वडामा ग्यास चुल्हा, खानेपानी कल, घाँस काट्ने मसिन लगायतका समानहरु बितरन गरिएको छ। बितरन गरिएको समानको आर्थिक हिनामिना नहुन दिनको लागि हिसाब पार्दर्शी गर्नु पर्ने माग राखी हाम्रो युवा समूह भन्टाफोर कार्यक्रम गरिन लागेको छ, गाउपालिका कार्यालयले माग बमोजिम हिसाब पार्दर्शी नगरेमा युवाहरु कार्यालयमा तालाबन्दी गरिने कुरा युवा अगुवा शैलेन्द्र कुमार यादवले बताएका छन।

किसानलाइ चाहिने मल खाद, गेहु, च्याप कटर मसिनमा व्यापक अनियमियता भएको किसान राजेन्द्र यादवले बयाएको छ। बिना प्रमानित गेहुको बीउ बितरन गरिएको कारन किसानहरु ले लगाएको गेहुमा मध्ये पचास प्रतिशत मात्र उब्जेको यादवले गुनासो गरेका छ्न।