आरके श्रीवास्तव,राैतहट,फाल्गुन 9 गते
प्रेस चाैतारी राैतहटकाे कार्यसमितिकाे बैठक सम्पन्न भएकाे छ । आज आईतवार प्रेस चौतारीकाे पहिलाे कार्यसमिती बैठक बसेकाे थियाे । मौलापुरमा रहेकाे मौलापुर पिकनिक पार्कमा साे बैठक सु-सम्पन्न भएको चाैतारीका जिल्ला सचिव मुकेश कुमार साहले जानकारी गराउनु भएको हाे । जिल्ला अध्यक्ष उतम उपाध्यायकाे अध्यक्षतामा बैठक बसेकाे थियाे । .
बैठकमा प्रदेश तथा केन्द्रीय पार्षद मनोनित,
जिल्ला सदस्य मनोनित,सदस्यता शुल्क,बैंक खाता संचालन गर्ने सहित बिबिध बिषयमा छलफल भएको थियाे । बैठकले
विभिन्न प्रकारका निर्णयहरु गरेको छ ।
बैठकले केन्द्रिय पार्षदमा संजय मिश्रा,अशोक पहाडी ,शैलेन्द्र झा
प्रदेश पार्षदमा फणि देव महत,रामपुकार राउत,गौतम श्रेष्ठ
,बिना राउत श्रीवास्तव,बिजय पटेल लाई पठाउने निर्णाय गरेकाे सचिव साहले जानकारी गराउनु भयाे ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।