सुनिल कुमार रजक //मंसिर १५ गते,
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा विभिन्न देशका सर्वसाधारण गर्छन् । मूल्य वृद्धिको कुनै भौगोलिकस सीमा देखिँदैन तर कतिपय सरकारहरूले जनतालाई राहत दिने कार्यक्रम लागू गर्छन् । भारतको नयाँदिल्ली प्रदेश सर कारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ ।
सरकारले लिने भ्याट (कर) घटाउँदा यसको प्रत्यक्ष सुविधा जनतालाई पर्नेछ । भ्याट बढी हुँदा जनताले पेट्रोलको मूल्य बढी तिर्नुपर्थ्यो । बुधवार बसेको दिल्ली सरकार मन्त्रि परिषद् बैठकले ८ रुपैयाँ प्रतिलिटर भ्याट छुट गर्ने निर्णय गरेसँगै मूल्य घटेको छ । दिल्ली सरकारले पेट्रोलमा लाग्ने भ्याटलाई ३० प्रतिशतबाट घटाएर १९.४ प्रतिशतमा झारेको छ ।
बुधवार रातिदेखि नै घटेको मूल्य लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस वर्ष शुरूदेखि नै पेट्रोलको मूल्य लगातार बढि रहँदा सर्वसाधारण मर्कामा परेपछि दिल्ली सरकारले राहतका लागि भ्याट छुटको निर्णय गरेको छ । खासगरी, दक्षिण अफ्रिकामा को’रो ना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएसँगै तेलको मूल्यमा व्यापार गिरावट आएको हो ।
yo galat news ho petrol ko rate india ma ghateko ho