-RJ RAHUL YADAV
वीरगंज, २२ साउन । वीरगंज महानगरपालिका–११ दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालयका १३ जना विद्यार्थीले कक्षा १२ को विज्ञान संकायमा ए प्लस ग्रेड हासिल गरेका छन् ।
राष्ट्रिय शिक्षा बोर्ड (एनइबी)–२०८० को कक्षा १२ को राष्ट्रिय स्तरको परीक्षामा सो विद्यालयको कक्षा १२ विज्ञान संकाय तर्फ १३ जनाले ए प्लस ग्रेड हासिल गरेको विद्यालयका व्यवस्थापक विनोदकुमार उपाध्यायले जानकारी गराउनुभयो ।
यसपालि देखि अल्पाईन माध्यमिक विद्यालयले व्यवस्थापन संकाय सफलतापूर्वक शुरू गरेको उहाँले बताउनुभयो । विज्ञान जस्तै प्लस टु मैनेजमेन्टलाई पनि उदाहरणीय परिणाममूलक र व्यवस्थित रूपले सञ्चालन गरी कक्षा १२ पछि विद्यार्थीहरूलाई सिए तथा व्यवस्थापकीय पेशामा संलग्न गराई स्तरीय जीवन प्रदान गर्ने विश्वासले अगाडि बढिरहेको व्यवस्थापक उपाध्यायले बताउनुभयो ।
उहाँले अल्पाइन माध्यमिक विद्यालयप्रति सहयोग एंव सकारात्मक तथा नकारात्मक भाव राख्ने सम्पूर्ण व्यक्तित्वहरूलाई हृदयदेखि धन्यवाद दिनुभएको छ । उहाँले भन्नुभयो, सकारात्मकताले उत्साह वृद्धिमा मदत गर्छ भने नकारात्मकताले हाम्रो गलती सुधार्नमा अभूतपुर्व भूमिका खेलिरहेको हुन्छ ।
More Stories
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।
बौधिमाईमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुको बैठक सम्पन्न।
राैतहटकाे भैसहीमा १८ अौ बलिदानी दिवसको अवसरमा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रजवल।