rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

रौतहट जिल्लाको लक्ष्मीपुर निवासी मुनि रायको छोरा कृष्णनन्दन यादवले नेपाल सेनाको लोकसेवा आयोगको नतिजामा उल्लेखनीय सफलता हासिल

-Rj Rahul Yadav

**रौतहट, नेपाल**
**मिति: २०८१/०४ /२८ गते**

रौतहट जिल्लाको लक्ष्मीपुर निवासी मुनि रायको छोरा कृष्णनन्दन यादवले नेपाल सेनाको लोकसेवा आयोगको नतिजामा उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले खुला र मधेशी कोटामा ४०औँ स्थान प्राप्त गरेर सम्पूर्ण स्टयानफोर्ड एकेडेमी लगायत जिल्ला तथा समुदायलाई गर्वित बनाएका छन्।

कृष्णनन्दन यादव आफ्नो कडा मेहनत र समर्पणको कारण यो महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएका छन्। प्रतिस्पर्धात्मक क्षेत्रमा उनले गरेको यो उपलब्धि भविष्यका अन्य प्रतिस्पर्धीहरूका लागि प्रेरणादायी छ।

कृष्णनन्दन यादवलाई यस सफलताका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै स्टयानफोर्ड एकेडेमी लगायत, परिवार, साथीभाइ र गाउँलेहरूले गर्वका साथ शुभकामना दिएका छन्।