साउन १६ रौतहट ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा युवा तथा युवतीलाई लक्षित गरी एक महिने व्युटिसियन र ईलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ ।बैदेशिक रोजगार बोर्ड तथा गौरी इन्टरनेशनल टेक्निकल एकेडेमी प्रा.ली.तथा ट्रेनिङ सेन्टर नेपालको आयोजना र वृन्दावन नगरपालिकाको सहकार्यमा, सो पालिकाको वडा नं.८ बहुअरी गाउँको दलित धर्मशालामा गत असार २ गते देखि ३० गते सम्म संचालन भएको सो तालिम पश्चात बुधबार एक कार्यक्रमका बिच प्रमाण-पत्र वितरण गरिएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवान (निर्माणीले)) हालको अवस्थामा दैनिक जिवनमा हातमा सिप नभई नहुने हुनाले आफु बसोबास रहेको ठाउँमा व्युटिसियन र ईलेक्ट्रिसियन तालिम संचालन गराएको बताउनु भयो । तालिमबाट एक महिनाको दौरानमा सिकेको सिपले प्रशिक्षार्थीहरुको दैनिक जिवनको साथै आय-आर्जन गर्न पनि टेवा पुग्ने उहाँले बताए।
पासवानले, आफु बसोबास रहेको वडाको युवा युवतीहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउन सहयोग गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिदै व्युटिसियन र इलेक्ट्रिसियनको माध्यमले रोजगारीमा लाग्न चाहने युवा तथा युवतीलाई थप तालिम सिनियर व्युटिसियन र लेभल टु ईलेक्ट्रिसियनको तालिम पनि संचालन गरि उनिहरुलाई पुर्ण आत्मनिर्भर बनाउनका निम्ति आगामी दिनमा पनि कार्यक्रम ल्याई संचालन गरिदिनु हुनकोे लागि उहाँले आयोजक संस्थासंग आग्रह समेत गरे ।कार्यक्रममा बोल्दै वृन्दावन नगरपालिकाका नगर प्रमुख तालिममा सहभागी महिलाले सो तालिममा सिकेको सिप र कलालाई रोजगारीको माध्यमले प्रस्तुत गर्न आग्रह गरे । उनले भन्नुभयो महिलाहरु थोरै मात्रमा सिप सिक्ने अवसर पाउछिन,तर अवसर पाएकी महिलाले पनि,आफुमा भएको सिप प्रस्तुत नगरेका कारण पछाडी परेको उनको भनाई थियो । त्यसकै लागि नगरपालिकाले आगामी दिनमा पनि,महिला बिशेष कार्यक्रम अन्तर्गत सिप मुलक तालिम संचालन गर्ने बताउदै,महिलाहरु लाई साना तथा घरेलु उधोग मार्फत आयआर्जनमा अग्रसर गर्न पनि तालिम संचालन समेत गर्ने उनले बताए।त्यसैगरी वृन्दावन नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत सिकेको सीपलाई कार्यक्षेत्रमा लागु गरे मात्रै तालिम सार्थक रहने बताए। उनले महिला दिदीबहिनीहरुलाई सीप सिकेर स्वरोजगार बन्न आग्रह पनि गरे । भुजेलले सिकेको सीपलाई अवसरको रुपमा प्रयोग गरेमा तालिम सार्थक हुने बताए ।
नगरपालिकाले विभिन्न सिपमुलक तालिमहरु संचालन गर्दै आएको बताउदै सिकेको सीपलाई व्यवहारमा लागू गर्न उद्योग गरेर आम्दानी बढाउनुपर्ने बताए। साथै सिकेको सीपलाई स्वरोजगार बनाउन थप तालिमको आवश्यक परेमा पालिकाले मागअनुसार उपलब्ध गराउने जानकारी पनि उनले दिए । अधिकृत भुजेल र त्यहाँ उपस्थित जनप्रतिनिधिहरु ले सो अवसरमा सहभागीहरुलाई प्रमाणपत्र को साथै सिपको लागि आवश्यक सामाग्रीहरु पनि वितरण गरेका थिए।
सो वडा अन्तरगतका १८ वर्ष माथि र ४० वर्ष भन्दा मुनिका ४० जना महिला र ४० जना पुरुष गरी ८० जनाको सहभागिता रहेको सो एक महिने व्युटिसियन तालिममा अनुपा प्रधान र ईलेक्ट्रिसियन तर्फ विरबहादुर थाढामगरले प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रको अध्यक्षता वृन्दावन नगरपालिकाका वडा नम्बर ८ का वडा अध्यक्षले गर्नुभएको थियो भने प्रमुख अथितिमा वृन्दावन नगरपालिकाका नगरप्रमुख ,विशिष्ट अथितिमा प्रमुख प्रसासकिय अधिकृत ,अथितिमा मुस्लिम इतेहाद संगठन नेपाल मधेस प्रदेशका अध्यक्ष सलामोदिन दर्जी,रोजगार संयोजक हरेराम पंडित,योजना शाखा प्रमुख हरि दुलाल लगायत विभिन्न फाटका कर्मचारी तथा प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो।
More Stories
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।
बौधिमाईमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुको बैठक सम्पन्न।
राैतहटकाे भैसहीमा १८ अौ बलिदानी दिवसको अवसरमा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रजवल।