बिरगंज
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहकी कान्छी श्रीमती भएको दाबी गर्दै पर्सा जिल्ला अदालतमा अंश दिलाई सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी रीता भट्टराईको मुद्दा अदालतले खारेज गरेपछि नगर प्रमुख सिंहको राजनीतिक भविष्यमाथि संकट उत्पन्न भएको छ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का सभापति मोहम्मद शाहाबुदिनले मेयर सिंहले रीता भट्टराईकी छोरी रुबिनालाई आफ्नो नक्कली छोरी बनाई जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएर अध्ययनको लागि अस्ट्रेलिया पठाएको भनी जिल्ला प्रशासन कार्यालय पर्सामा पुस २४ गते सप्रमाण सहित निवेदन दिएका थिए।
निवेदन माथि जिल्ला प्रशासनले कारबाहीको कुनै प्रक्रिया अगाडि नबढाएको अवस्थामा २०८० माघ १८ गते वीरगञ्जबाट प्रकाशित हुने अंकुश दैनिकको २५ औँ वार्षिकोत्सवमा प्रमुख अतिथिको रूपमा आफ्नो मन्तव्य राख्दा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले मेयर सिंहको मुद्दालाई सम्बोधन गर्दै पद र गठबन्धनमा भएकै कारण दोषी उम्कन नहुने भन्दै सरकारको ध्यानकर्षण गराएपछि गृह मन्त्रालयले उपसचिव पुष्कर राणा र अधिकृत परशुराम पोखरेलको टोली वीरगञ्ज पठाएको थियो।
More Stories
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।
बौधिमाईमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुको बैठक सम्पन्न।
राैतहटकाे भैसहीमा १८ अौ बलिदानी दिवसको अवसरमा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रजवल।