माघ २५ गते २०७९
रौतहटको प्रेमलाल बैठा हेटौंडा आइडलको सेकेन्ड विजेता बनेका छन ।रौतहटको कटहरिया नगरपालिका वडा न ४ बहादुरपुर निवासि जयकिसोर बैठाको छोरा प्रेमलाल बैठा हेटौंडा आइडलको सेकेन्ड विजेता बनेका छन ।
हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा फाइनलमा पुगदै प्रेमलाल बैठा हेटौंडा आइडलको सेकेन्ड विजेता बनेका छन ।
टिसिएसन चौरमा भएको ग्राण्ड फाइनलका आफ्नो गायन प्रस्तुती दिदैं उनले हेटौंडा आइडलको सेकेन्ड विजेता बनेका छन ।
रौतहटको कटहरिया नगरपालिका वडा ४ घर भएका बैठा एक गरिब परिवारका रहेका छन । मधेसि र दलित परिवार बाट बैठा हेटौंडा आइडलको सेकेन्ड विजेता बने पछि कटहरिया नगरपालिका लगाएत सबै रौतहट बासि धेरै गर्भाम्भित र खुसि भएका छन ।
हुन निर्णायकको मुल्याकंन, टिकट र एसएमएस बाट प्राप्त भएको भोटिङको आधारमा सेकेन्ड विजेता बनेका हुन् । आइडलको सेकेन्ड विजेता बनेका प्रेमलाल बैठाले नगद दश हजार सहित ट्रफी विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् ।
आइडलको निर्णायकमा विजय कार्की, ईश्वर खड्का र कृष्ण गोपाल सिंह रहेका थिए । आइडलमा २० जना प्रतिस्पर्धीले प्रतिपर्धा गरेका थिए ।
More Stories
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।
बौधिमाईमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुको बैठक सम्पन्न।
राैतहटकाे भैसहीमा १८ अौ बलिदानी दिवसको अवसरमा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रजवल।