२५ माघ, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको बिहार मोतिहारी जिल्ला रक्सौल नगरपालिका वडा नं ११ बस्ने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रशन्जित कुमार पक्राउ गरेका हुन् ।
उनीहरुको साथबाट १८ लाख ५ सय नेपाली रुपैयाँ र दुई हजार तीन सय भारतीय रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट वीरगञ्जको टोलीले वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेटमा नियमित चेकजाँच गरिरहेको थियो ।
सोही क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको BR05AT8967 र BR05AV6871 नम्बरको भारतीय मोटरसाईकल सशस्त्र प्रहरीले चेकजाँच गरेको थियो ।
उनीहरुले हेल्मेटमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम भेटिएको र स्रोत खुलाउन नसकेकोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टले जानकारी दिए ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।