Posts Grid

March 14, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेले घरदैलो अभियान सुरु गरेका छन्

✍️RJ RAHUL YADAV
बर्दिबास, कात्तिक १९ गते ।

महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेले घरदैलो अभियान सुरु गरेका छन् । एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार लक्ष्मी महतो र प्रदेश सभाका उम्मेदवार शारदादेवी थापाले घरदैलो अभियान सुरु गरेका हुन् ।

एमालेका उम्मेदवारहरुले भंगहा नगरपालिका–९ कञ्चनवन भिमगढबाट घरदैलो अभियान सुरु गरेको हो । महोत्तरी क्षेत्र नम्बर १ अन्तर्गत बर्दिवास नगरपालिका, गौशाला नगरपालिका र भंगहा नगरपालिकाको ४ वटा वडा पर्दछ ।

धार्मिक स्थान कञ्चनवनबाट संखनाद भएको एमालेको घरदैलो अभियान चुनावी विजयीको शुभ संकेत भएको उम्मेदवार लक्ष्मी महतोले सुनाए । अघिल्लो चुनावमा पनि आफूले जनताको उल्लेखनीय माया, स्नेह र साथ पाएको स्मरण गराए । मतदाताकै हौसला र चाहनाले आफूलाई चुनावी मैदानमा तानेको महतोले उल्लेख गरे । आफू उम्मेदवार भएपनि जित जनताको हातमा रहेकोले सत्यको पक्षमा मतदान गर्न उनले आग्रह गरे ।

एमालेका प्रदेशसभा‘क’ का उम्मेदवार शारदादेवी थापाले एमाले नेतृत्वको सरकारले ल्याएका थुप्रै लोकप्रिय कार्यक्रम तथा योजनाहरु पूरा गर्न एमालेलाई मतदान गर्नुपर्ने आवश्यक रहेको औल्याइन् । सतारुढ गठबन्धन दलहरुसँग योजना नै रहेको उनले टिप्पणी गरिन् । ‘एमालेकै नीति र योजनाहरु चोरेर ती दलहरुले काम चलाइरहेको छ । देशलाई समृद्ध बनाउन एमालेको विकल्प छैन,’ थापाले भनिन् ।

शुक्रवार एमालेको चुनाव प्रचारप्रसार समिति भंगहा महोत्तरीले आयोजना गरेको एक कार्यक्रमका बीच घरदैलो कार्यक्रमको शुभारम्भ गरिएको निर्वाचन परिचालन कमिटीका संयोजक शंकर महतोले जानकारी दिए । घरदैलोको अभियानको क्रममा उम्मेदवारहरुसँगै पार्टीका कार्यकर्ता र मतदाताहरुको उत्साहजनक सहभागिता रहेको महतोले द पब्लिक टुडेलाई बताए ।

उनका अनुसार मतदाताले उम्मेदवारहरुलाई आफ्ना टोलका समस्या तथा गुनासो समेत सुनाएका थिए । उम्मेदवारहरुले जनचाहनालाई पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । मतदाताहरु देशमा केपी ओलीको सरकारको पर्खाइमा रहेको देखिएको महतोले दावी गरे । द पब्लिक टुडेसँगको कुराकानीमा पार्टीका मधेस प्रदेश सचिवालय सदस्य समेत रहेका युवा नेता महतोले भने ‘पाँच दलिय गठबन्धन दलकै कारण देश आर्थिक संकटमा फसेको जनताले प्रस्ट बुझिसकेका रहेछन् । देशमा सुशासन र समृद्धि एमालेले मात्रै ल्याउन सक्छ भन्ने मतदाताहरुमा एक किसिमको म्याण्डेट तयार भएको देखिएको छ । मतदाताह

You may have missed