Posts Grid

March 15, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

बाँकेको राप्ती सोनारी गाउँपालिकाले आईतबार छात्राहरुलाई साईकल वितरण

रौतहट मिडिया न्यूज डेस्क // पौष ११गते

शिक्षामा ठूलो लगानी गरिरहेको बाँकेको राप्ती सोनारी गाउँपालिकाले आईतबार छात्राहरुलाई साईकल वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्ष २०७८/०७९ को बजेटबाट राप्ती सोनारी अन्तर्गत विभिन्न विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गरिरहेका छात्राहरुलाई साईकल वितरण गरेको हो । गाउँपालिका कार्यालयको परिसरमा एक समारोहकाबीच अध्यक्ष लाहुराम थारु र प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहीले छात्राहरुलाई साईकलसहित चाबी हस्तान्तरण गर्नुभएको थियो । साईकल हस्तानतरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थारुले छात्राहरुलाई वीचमै पढाई छोड्ने समस्या कम गर्न र शिक्षा प्रति आकर्षित गर्न यस्तो कार्यक्रम ल्याईएको बताउनुभयो । गाउँपालिकाले राप्ती सोनारी क्षेत्रका सबै विद्यालयमा शैक्षिक सुधारकालागि अन्य विभन्न कार्यहरु गर्दै आएको स्मरण गराउँदै उहाँले साईकल वितरण कार्यक्रमले पनि छात्राहरुलाई केही राहात हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाही, राप्ती सोनारी ३ का वडा अध्यक्ष गंगाराम थारुलगायतले छात्राहरुलाई लगनशिल भएर पढाईमा निरन्तरता दिन हौसला दिनुभएको थियो । गाउँपालिकाले जम्मा एक हजार २०० जना छात्राहरुलाई साईकल वितरण गर्ने लक्ष्य राखेको जनाएको छ । जस मध्य पहिलोचरणमा ७५० जना छात्रालाई साईकल वितरण गरिने गाउँपालिकाले जनाएको छ । शिक्षक दरबन्दी नरहेका विद्यालयमा राप्ती सोनारी गाउँपलिाकाले आफ्नै आन्तरिक स्रोतबाट पारिश्रमिक दिने गरि शिक्षक नियुक्त गरेर शैक्षिक सुधारमा ठूलो भूमिका खेलेको छ । यस बर्ष भौतिक संरचना बाहेक विद्यालयका शिक्षक र कर्मचारीहरुको पारिश्रमिकमा मात्र करिव ६ करोड लगानी गरेको गाउँपालिका अध्यक्ष थारुले जानकारी दिनुभयो ।

You may have missed