rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

दक्षिण अफ्रिाकामा पुष्टी हुनुभन्दा अघि नै ओमिक्रोन नेपाल भित्रिएको पुष्टी

रौतहट मिडिया न्यूज डेस्क // मंसिर १९ गते

पहिलो पटक गत नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पुष्टी भएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकामा पुष्टी हुनुभन्दा अगाडि नै नेपाल भित्रिएको पुष्टी भएको छ ।

मंसिर ३ गते अर्थात गत नोभेम्बर १९ तारिखका दिन दक्षिण अफ्रिका हुँदै नेपाल आएका ६६ बर्षिय नागरिक र उनको संसर्गमा आएका ७१ बर्षिय व्यक्तिमा आईतबार राति कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भेटिएसँगै दक्षिण अफ्रिकामा पुष्टी हुनुभन्दा ५ दिन अगाडि नै नेपाल भित्रिएको पुष्टी भएको हो । मंसिर ३ गते दक्षिण अफ्रिका हुँदै नेपाल आएका विदेशी नागरिक र नजिकको सम्पर्कमा रहेका ७१ बर्षिय व्यक्तिमा मंसिर ७ गते कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

नयाँ रणनिति अनुरुप कोरोना पोजेटिभ देखिएकाहरुको एस जिन परिक्षण गरिएकोमा एस जिन पोजेटिभ नदेखिएको भएपनि उक्त दुवै नमूनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वन्सिङ गर्दा आईतबार राति कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टी भएको मन्त्रालयले सोमबार विज्ञप्ती जारी गरेर जानकारी दिएको हो ।

 

हाल दुवैजना लक्षणविहीन अवस्थामा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा स्वास्थ्य लाभ गरीरहेको मन्त्रालयले जनाएको छ । नेपाल प्रवेश गर्दाको समयमा ती विदेशी नागरिकको पिसिआर रिर्पोट नेगेटिभ रहनुको साथै पूर्ण मात्रा खोप लगाएको पाईएको थियो ।

संक्रमितहरुको सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंग गरी सम्पर्कमा आएका ६६ जनाको पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आउनुको साथै सबैजना स्वस्थ रहेको पाइएको छ । संक्रमण पुष्टी भएसँगै नेपालमा ओमीक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंगको कार्यलाई थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ ।

 

कोभिड–१९ को नयाँ उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन नाम दिइएको छ । यो भेरीएन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरुमा फैलिसकेको जानकारी प्राप्त भएको छ र यी देशहरुमा आजको मितिसम्म ५७४ जना ओमीक्रोन भेरिएन्ट संक्रमित देखिएका छन् ।