रौतहट मिडिया न्यूज डेस्क // मंसिर २० गते
खैरो हिरोइन जस्तो देखिने लागु औषध सहित २ जना मानिसहरू नियन्त्रणमा लिएको छ। यही मिति २०७८।०८।१९ गते अं.१६:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ लक्ष्मनवा राजु डिजल ग्यारेजबाट यस कार्यालयबाट खटिएको टोलीले मोटरसाइईकलको टंकीभित्र लुकाइछिपाई लागु औषध खैरो हिरोइन ओसार पसार कार्य गरिरहेको भन्ने प्राप्त सूचना अनुसार उक्त ग्यारेजमा मर्मत गर्न लागेका ना.५६ प ५४१७ नम्बरको सेतो NS पल्सर मोटरसाईकलको टंकीलाई जाँच गर्दा टंकीभित्र कालो प्लाष्टिकले बेरिएको सात प्याकेटमा लागु औषध खैरो हिरोइन प्लाष्टिक सहित ३.५ ग्राम फेला परेको हुँदा उक्त मो.सा.धनी जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० घडिअर्वा बस्ने वर्ष २६ को रामबाबु ठाकुर, ना.५६ प ५४१७ नम्बरको मो.सा. र बरामद भएका लागु औषध सहित नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको व्यहोरा सूचित गरिन्छ । साथै; उक्त घट्नाको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१२ मुर्ली बस्ने वर्ष २१ को सहजाद मन्सुरीलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको व्यहोरा समेत जानकारी गराएको छ ।
More Stories
राैतहटकाे भैसहीमा १८ अौ बलिदानी दिवसको अवसरमा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रजवल।
माबि पेटभर्वामा नयाँ शिक्षक राधेश्याम यादव हाजिर ।
रौतहट जिल्लाको लक्ष्मीपुर निवासी मुनि रायको छोरा कृष्णनन्दन यादवले नेपाल सेनाको लोकसेवा आयोगको नतिजामा उल्लेखनीय सफलता हासिल