Posts Grid

March 7, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

राैतहटकाे भैसहीमा १८ अौ बलिदानी दिवसको अवसरमा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा  दिप प्रजवल।

रूपेश यादव

राैतहट ५ माघ ।

 

 १८ अौ बलिदानी दिवसको अवसरमा फतुवा बिजयपुर नगरपालिकाकाे वडा नम्बर ११ भैसही टाेल बिच बजारमा सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रजवलन गरि कार्यक्रम मनाईएको छ।

आज शनिबारका दिन  भैसही बजारमा स्थानीय तथा जसपाका युवा नेता सिताराम चाैधरीकाे अध्यक्षातामा कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रम जनता समाजवादी पार्टी नेपाल फतुवा बिजयपुर नगरपालिका ११ नम्बर वडा कमिटी बुटवाले आयाेजना गरिएको थियो।

 कार्यक्रममा वीर सहिदहरु प्रति १ मिनेट माैन धारण गरेको थियो । कार्यक्रमकाे मुख्य उदेश्य मधेश आन्दोलनमा ज्यान गुमाएको वीर सहिदहरुकाे आत्माको चिर शान्तिकाे कामना मिल्ने बिश्वास ब्यक्त गरे।

 कार्यक्रममा बाेल्दै जनता समाजवादी पार्टी नेपालका प्रदेश कमिटी सदस्य तथा युवा नेता बिजय कुमार चा‌धरीले २०६२/ ०६३काे एतिहासिक मधेश आन्दोलनमा साहदत प्राप्त गरेका वीर सहिदहरु प्रति मधेश प्रदेश सरकारले हरेक सालकाे माघ ५ गते बलिदानी दिवस बनाउदै आएको हाे। मधेश आन्दोलन ती सम्पूर्ण नेपालमा बसाेबास गर्दै आएको साेसन र उत पिडनमा परेको बर्ग समुदायकाे पहिचानकाे लागि नेपाल सरकारकाे हरेक समयन्त्रमा पुर्ण रुपमा सहभागीताकाे लागि त्याे आन्दोलन गरिएको थियो ।

 अहिले सरकारी  कार्यालयहरुमा ठाउँ ठाउँमा थारु ,मुस्लिम,दलित , आदिवासी जनजातिबाट तामाङ,मगर, हेर्दै हुनुहुन्छ त्याे सबै त्यही आन्दोलनकाे देन हाे। बलिदानी दिवस मधेसका प्रथम पहिद आन्दोलनकाे सुरुवात सिरहाको लहानबाट सुरु भएको थियो ।

प्रथम सहिद रमेश महताेकाे सम्झनामा खासगरी बलिदानी दिवस मनाउँदै आएकाे हाे।

यश दिवसमा सरकारले बिदा दिनुपर्ने एकदमै जरुरी रहेको बताए ।

कार्यक्रम सञ्चालन संताेष रखाल मगरले गर्नु भएको थियो । याे कार्यक्रम प्रत्येक बर्ष गर्दै आइरहेको र आउने दिनहरूमा पनि मनाउने सहभागीहरुले बताए ।

उक्त कार्यक्रममा बिजय चाैधरी,वडा प्रत्यासी, उमेश चाैधरी, प्रभुनरायण चाैधरी,  मिना रखाल मगर, भुपेन्द्र चाैधरी, सिताराम चाैधरी, सिताराम मुखिया , गाउँका बुद्धिजीवी , भद्रभलादमी, प्रहरीहरु तथा पत्रकारहरुकाे सहभागीता रहेको थियो ।

You may have missed