rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

नालामा मृत भेटिएका युवकको अत्यधिक दारु खाएर मृत्यू

धनुषा संवदादता मंसिर २२ गते।

धनुषाको सबैलामा नालामा मृत अवस्थामा भेटिएका युवकको अत्यधिक दारु (मदिरा) खाएर मृत्यू भएको भएको रिपोर्ट सार्वजनिक गरिएको छ ।
सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर रायले दिउँसोदेखि अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका वडा नम्बर ३ स्थित नालामा शौच गर्न गएको बेला उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागइले जानकारी दिए
यसअघि कसैले हत्या गरी नालामा फालिदिएको हुन सक्ने अनुमान गरिएपनि उनको अत्यधिक मदिरा सेवनको कारण शरिर थेग्न नसकेपछि मृत्यू भएको जनाईएको छ ।

रायको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धन भइरहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।