रूपन्देही, सियारी गाउँपालिका–२ कुट्टास्थित सडकमा आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सिद्धार्थनगर नगरपालिका–३ खजहना बस्ने १६ वर्षीय अभिषेक कुर्मीको मृत्यु भएको छ ।
बेथरीबाट अमुवातर्फ जाँदै गरेको लु.३१ प ९१५९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी नवलपरासी पश्चिम, रामग्राम नगरपालिका–८ बैकुन्ठपुरस्थित सडकमा लु.९० प ४१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा चालक रामग्राम नगरपालिका–१४ रेक्सहवा बस्ने २७ वर्षीय दिपेन्द्र साहानीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै क्रिमसन अस्पताल मणिग्राम रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
अर्का सप्तरी, सप्तकोशी नगरपालिका–११ भगनी मलेठस्थित सडकमा रोकी राखेको बा.१० च ७१६४ नम्बरको पिकअपमा को.२८ प ५६१२ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–९ कमलपुर बस्ने २३ वर्षीय दिपेन्द्र शर्मा मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानिय धर्मेश्वर अस्पताल ठेलिया हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार पिकअप चालकको प्रहरीले खोजी
गरिरहेको छ ।
पर्सा, जगरनाथपुर गाउँपालिका–६ औरहास्थित सडकमा वीरगंजबाट औरहातर्फ जाँदै गरेको प्रदेश ०२–०३–००९ प ७०३० नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय ब्रहमदेव महराको मंगलबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



More Stories
गुप्ताले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएको छ
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।