Posts Grid

March 11, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

जनमत पार्टी द्धारा नागरिक वडा पत्र राख्न राजदेवी नपा.मा ज्ञपान पत्र बुझाइयो।

जनमत पार्टीका रौतहट जिल्लाका राजदेवी नगरपालिका नगर कार्य समितिद्धारा राजदेवी नगरपालिकामा ज्ञापन पत्र बुझाइएको छ ।
नगर कार्यसमितिका अध्यक्ष प्रभु राय यादवको अध्यक्षतामा राजदेवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रल्लव कायस्थलाई सो ज्ञापन पत्र बुझाइएको छ ।
सो ज्ञापन पत्र अनुसार हरेक सरकारी निकाय वा कार्यालयहरुमा सेवाग्राही लाई सुविधाका लागि नागरिक वडा पत्र अनिवार्य राख्ने नियम हुदाँ हुदैँ पनि राजदेवी नगरपालिकाले नराखेको देखिएकोले यस नगरपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकी, प्रसुतिगृह, आर्युवेद, स्वास्थय केन्द्र र पशु स्वास्थय केन्द्रहरुमा प्रदान गरिने सेवा÷हुने उपचार, निशुल्क प्रदान गरिने औषधी लगायत स्वास्थय समाग्रीहरुको पुर्ण विवरण सहितको सेवा ग्राहीले सजिलै तथा सहज रुपले हेर्न सक्ने ठाँउमा वडा पत्र एक हप्ता भित्र अनिवार्य रुपमा लगाउनु पर्ने मागँ सहित उक्त ज्ञापन पत्र बुझाइएको छ ।
सो ज्ञापन पत्र अनुसार माँग लाई एक हप्ता भित्र पूरा गरिएन र अनुगमन तथा निरिक्षणमा जादाँ वडा पत्र देखिएन भने थप संघर्ष गर्ने बाध्य हुने कुरा तथा त्यसको जिम्मेवार नगरपालिका हुने कुरा उक्त ज्ञापन पत्रमा जनाइएको छ ।
सो ज्ञापन पत्र बुझाउने क्रममा जनमत पार्टीका केन्द्रीय सदस्य बिकास कुमार यादव, अशोक कुमार सिंह, जिल्ला सदस्य शिवशरण यादव, वडा प्रत्यासी सुरेन्द्र ठाकुर, जामुन दास, शषिभुषण राउत, कृषनन्दन तिवारी, नितेश झा लगायत जनमत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

You may have missed