rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

जाली नोट र कटुवा पेस्तोल सहित ६ जना मानिस पक्राउ

रौतहट मिडिया // कार्तिक २५ गते 

रौतहटको मौलापुर न.पा वडा नं. ८ सोनरनिया स्थितमा बिशेष सूचनाको आधारमा जाली नोटको कारोबार भईरहेको छ भनी खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मौलापुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जाली नोटको कारोबार गर्ने निम्न मानिसहरुलाई जाली नोट सहित पक्राउ गरी यस कार्यालयमा ल्याई प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला रौतहट मौलापुर न.पा. वडा नं.७ बस्ने राजाराम साहको घर खानतलासी गर्दा राजाराम साह सुत्ने कोठाको पश्चिम कुनाको भिता माथि लुकाई राखेको कटुवा पेस्तोल थान १ फेला परेकोले बरामद गरी खोटा चलन तथा हात हतियार शिर्षक अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्यहरु भईरहेको छ। पक्राउ परेका निम्न मानिसहरुको विवरण :-

१. जिल्ला बारा आदर्श कोतवाल गा.पा वडा नं. ६ बस्ने बर्ष २५ को सोनु भन्ने आनन्द कुश्वाहा ।

२. ऐ.ऐ बस्ने अं. बर्ष ४५ की प्रतिमा देवी कुश्वाहा ।

३. ऐ.ऐ बस्ने अं. बर्ष २२ की अमृता कुमारी ।

४. ऐ.ऐ बस्ने अं.बर्ष १९ को बृज किशोर मुखिया ।

५. ऐ. रौतहट मौलापुर न.पा वडा नं. ७ बस्ने अं. बर्ष २३ को राजाराम साह ।

६. ऐ. देवाही गोनाही न.पा वडा नं. ६ बस्ने अं. बर्ष २० को धिरज प्रसाद ‍जैसवाल ।

बरामद भएको समानको विवरण :-

१. ना. ३३ पं. २४५१ नं. को होन्डा साईन मो.सा. ।

२. ना. ३ पं. १६८१ नं. को बजाज बक्सर मो.सा. ।

३. नक्कली नोट जस्तो देखिने नेपाली रु.१०००। दरको ८७ थान । साथै मानिस, मोटरसाईकल र नक्कली नोट नियन्त्रणमा लिने क्रममा प्रहरी माथि ढुँगा मुढा प्रहार गर्न थालेपछी प्रहरी टोलीले आत्मा रक्षाको लागी पेस्तोलबाट २ राउण्ड हवाई फायर गरेको उक्त घटनामा २ जना म्यादी प्रहरी सहित ६ जना प्रहरी कर्मचारी घाईते भएको जानकारी प्राप्त भएको छ।