सिताराम साह // मंसिर ०९ गते, रौतहट
रौतहटको गरुडा नगरपालिकामा एक घरमा आगलागी हुंदा लाखौंको क्षति भएको छ । रौतहट जिल्लाको गरुडा नगरपालिका–७ अन्तर्गत पर्ने पिपरियामा चन्देश्वर यादवको फुसको घरमा आगलागी हुंदा २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गएराती अचानक आगलागी हुँदा ईलाका प्रहरी कार्यलय गरुडालाई खबर गरिएको थियो । खबर पाए लगतै ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वमा टोली पुगेको थियो । आगलगी भएको स्थानमा पुगेपछि भण्डारिको टोली र स्थानीयहरु मिलेर आगोलाई नियन्त्रणमा लिएका थिए । आगलागीको कारण हालसम्म खुल्न नसकेको तथा घटना बारे अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी प्रमुख डिएसपि भण्डारी जनाएको छ ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।