जितेन्द्र कुमार यादब//मंसिर ९ गते
सर्लाहीमा सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दुवै युवा सर्लाहीकै रहेका छन्। सर्लाहीको हरिवन नगरपालिका ७ का २५ वर्षका देव मोक्तान र सोही ठाउँका २३ वर्षीय मिलन व्लोन रहेको सर्लाही प्रहरीले जनाएको छ।
सर्लाहीको बागमती नगरपालिका १० स्थित केराबारीमा कर्मैयाबाट बरहथवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बिआर ०५ पिए ७१९९ नम्बरको टाटासुमोले विपरीत दिशातर्फबाट आएको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करले मोटरसाइकलमा सवार दुवै युवक गम्भीर घाइते भएकोमा उपचारको लागि लैजाँदै गर्दा एक जनाको सर्लाहीमा र अर्काको पर्साको वीरगंजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते २५ वर्षे मोक्तानलाई उपचारको लागि नमुना अस्पताल हरिवनमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको र अर्का गम्भीर घाइते २३ वर्षीय व्लोनलाई वीरगंज रेफर गरिएकोमा गण्डक हेल्थ केयर वीरगंज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।
दुर्घटनामा परेको टाटा सुमो र चालकका साथै मोटरसाइकल पनि प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।