rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

रौतहट जिल्ला परोहा नगरपालिकाको छैठो नगर सभा सम्पन्न

चन्दन कुमार // असार ११, 

रौतहट जिल्ला परोहा नगरपालिकाको अगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ। परोहाका नगर वासी लाई प्रदेशकै नमुना नगरपालिकामा आफु रहेको अभास गराउन तथा जन्ताहरुको हक हित अनुसारको बजेट विनियोज गरिएको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले बताए। विगत ५ वर्षको कार्यकालमा आफु गर्ने नसकेका सम्पुर्ण कार्य यस आफ्नो दोस्रो कार्यकालको पहिलो तथा नगरपालिकाको छैठो नगर सभामा मन्तव्य राख्दै नगर प्रमुख वकिलले सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन्। त्यस्तै आफु मेयर संघ नेपालको मधेश प्रदेश संयोजकको हैसियत्ले आफ्नो मधेश प्रदेशका सम्पुर्ण नगरपालिका र गाउँपालिकाका, नगर सभा तथा गाउँ सभा भव्य तथा सभ्य रुपमा सम्पन्न गर्न शुभकामना व्यक्त गर्नुभएको थिए। आफ्नो नगरपालिका तथा गाउँपालिकालाई विकास मै नगरपालिका र गाउँपालिका बनाउन जुन कुनै पार्टीको टिकेट बाट निर्वाचन जितेर आए पनि नगरपालिका र गाउँपालिकालाई आफ्नो बुझी पार्टिको कार्यकर्ता न बुझी एउटा साझा परिवार झै आफ्नो नगरपालिका तथा गाउँपालिकाको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरि असल राजनितिकर्ता तथा नेता बनी देखाउने समय रहेकोले जनताहरुको हक हित मा बजेट सार्वजनिक गर्ने आग्रह गरेका छ्न।