सिताराम साह //असार ११ गते, रौतहट
रौतहट जिल्लाको मध्यभेगमा पर्ने गरुडा नगरपालिकाकाको सातौ नगर सभा भब्यताका साथ शुक्रबार सम्पन भएको छ । नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले सातौँ नगरसभा सबैको सहमतिमा धुमधामसंग सम्पन गरेको छ ।हरेक वर्षको असार मसान्तको १० गते बजेट ल्याउनु पर्ने प्रावधानको अनुसार शुक्रबारका दिन समयमा नै नगर प्रमुख जैसवालले बजेट सार्वजनिक गर्नु भएको छ । धेरै उत्साहका साथ नगर प्रमुख जैसवालले सातौँ नगरसभा बाट गरुडा नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो ।
समृद्ध नगर खुसि नगरबासि “ भन्ने मुल नाराका साथ एक कार्यक्रमका बिच नगर कल्वार कलयाण धर्मशालाको सभा हलमा नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको अध्यक्षतामा सातौँ नगर सभा सम्पन्न गर्नु भएको हो ।्नगर सभाका सभाअध्यक्ष तथा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले गरुडा नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको योजना पारित गरिएको छ् ।
उक्त कार्यक्रममा नगरको चौतर्फि विकासको लागि आर्थिक वर्ष २०७९÷८० का लागि जम्मा ५९ करोड ११ लाख ३९ हजार रकम नगर प्रमुख जैसवालले विनियोजन गरेका हुन् । सातौँ नगर अधिवेशनमा अगामी आर्थिक बर्ष २०७९÷८० को नीति कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले शिक्षा, स्वास्थ्य, कृषि, सडक,उधोग रोजगारी ,लघु उधम ,पशु सेवा ,महिला तथा बालबालिका ,अपाङ्ग ,दलित ,पिछडिएका वर्ग लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गरे ।
विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरेका छन् । सो नगरसभाको सातौँ नगरसभाबाट बितिय समानिकरण तर्फबाट १५ करोड ५५ लाख ,आन्तरिक आय ५ करोड ७० लाख १० हजार ,राजस्व बाँडफाँड चालु अनुदान तर्फबाट ११ करोड ८७ लाख १ हजार ,सँघिय शशर्त अनुदानको चालु तर्फबाट २० करोड ६४ लाख ,संघिय शशर्त अनुदान पुँजीगत ४ करोड ६० लाख ,प्रदेश राजस्व बाँडफाँड तर्फबाट ४५ लाख ,प्रदेश समानिकरण अनुदानबाट १ करोड १२ लाख ५८ हजार ,प्रदेशको बिशेष अनुदानबाट ३० लाख र प्रदेशको समपुरक अनुदानबाट २० लाख बजेट बिनियोजन गरेको नगर प्रमुख जैसवालले बताउनु भयो ।ग्रीन गरुडा ,क्लिन गरुडा भन्ने नाराका साथ सुरुवात गरि हरियाली प्रबद्र्धन अभियानलाई प्रत्यके टोलमाबिकास संस्था मार्फत बस्तीस्तर सम्म परयाईने बताए ।हरियाली रहियो भने हाम्रो बाताबरण पनि स्वच्छ हुने र हामीलाई कुनै प्रकारको रोग नलाग्ने बताउनु भयो ।
नगरपालिकाले नगरको हरेक घर एवं व्यक्तिहरु विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरिने नगर प्रमुख जैसवालले विश्वास व्यक्त गरेका थिए ।
नगर सभामा कार्यक्रमकमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री प्रभु साह,उपप्रमुख पुनम चौधरी, सम्पुर्ण वाडका वडाध्यक्ष, वडा सदस्य, नगरपालिका बोर्डका सदस्यहरु सहित स्थानीय जनप्रतिनिधिहरुको साथै स्थानीय भद्रभलादमीको उपस्थितिमा सातौँ नगर अधिवेशन सम्पन्न भएको गरुडा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले जानकारी दिए ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।