rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

गौर नगरपालिकाको नगर प्रमुखमा साहको हाजिर

सिताराम साह // असार ०७ गते, रौतहट 

गौर नगरपालिकाको नगर प्रमुखमा सिकिन्द्र प्रसाद साह हाजिर भएका छन्। जिल्लाको सदरमुकामको रुपमा रहेको गौर नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुबास ठाकुरले कार्यभार सम्हाल्दै आएकोमा सोमबार सिकिन्द्र प्रसाद साह हाजिर भएका हुन् । प्रमुख प्रशासकीय अधिकृत साहलाई नगर प्रमुख शम्भु साह र उपप्रमुख शैलकुमारी साहले स्वागत गरेका छन्।

नगरपालिकालाई जिल्लाको नमुना नगरपालिका बनाउने काममा आफूले नवनिर्वाचित जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता अधिकृत साहले गरेका छन्। यसअघि विभिन्न पालिका तथा कार्यालयको कार्यालय प्रमुखको रुपमा साहले कार्यभार सम्हालि सकेका छन्।