rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

जनकपुरधाम उपमहानगरपालिकाका उप मेयर साह माथि चप्पल प्रहार

रौतहट मिडिया // असार ०५ गते

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बेलागाउँस्थित अतिक्रमण गरिएको बेला कुट्टीको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएको समूहले उप प्रमुख साहमाथि आक्रमण गरेका हुन् । आक्रमण गर्ने समूहमध्येका एक महिलाले उप प्रमुख साहमाथि चप्पल समेत प्रहार गरेकी छन् ।

बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुट्टीलाई प्रदा गरेको १७ बिघा १५ कठ्ठा जग्गा केहि समय यता भू–माफियाहरुले कुट्टीका महन्थ र गुठीका मतियारहरुसँग मिलोमतो गरी सर्वसाधारणलाई ललाई फकाई उनीहरुबाट मोटो रकम लिएर कब्जा गरी त्यसलाई टुक्रा टुक्रा पारी बेचबिखन गर्दै आएकाले त्यो काम रोक्न माग गर्दै स्थानीयहरु आईतबार नगर प्रमुखलाई ज्ञापन बुझाउन आएका थिए ।

तर मेयर कार्यालयमा नभेटेपछि उनीहरुले उप मेयर किशोरीलाई ज्ञापन बुझाए । ज्ञापन बुझ्ने क्रममा उप प्रमुख किशोरीले आफूहरु कसैलाई उजाड नभई बसाल्न आएको प्रतिकृया दिए ।

ज्ञापन बुझेका उनले कार्यालय प्राङणमा पनि आएर सम्बोधन गर्न शुरु गरेका थिए । त्यस क्रममा पनि उनले आफूहरु कसैलाई उजाडन नभई बसाल्न आएको बताए लगत्तै उनीमाथि आक्रमण भएको थियो । आक्रमण गर्ने समूहमध्येका एक महिलाले चप्पल खोलेर उनीमाथि प्रहार गरेका थिए । तत्कालै पुगेको प्रहरी टोलीले उप प्रमुख किशोरीलाई सुरक्षा दिएर कार्यकक्षमा लगेका छन् ।