rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

बाल पोषण भत्ताको लागि खाता खोलाउने सबै सेवाहरू ग्राहीलाई गरुडा नगरपालिकाको अनुरोध

जितेन्द्र यादब // असार ०४ गते, रौतहट

रौतहट जिल्लाको मध्य भागमा अवस्थित रहेको गरुडा नगरपालिकाले बालपोषण भत्ता प्राप्त गर्ने सबै सेवा ग्राहीहरुलाई तोकिएको समय भित्र आफ्नो सम्बन्धित निकायसित समन्वय गरी सात दिन भित्र बैंकमा खाता खोलाउन आग्रह गरेको छ ।

 

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादवले असार १० गते भित्र तोकिएका वडाबासीले तोकिएको बैंकमा गई खाता खोलाउन आग्रह गरेको सूचना प्रकाशित गरिएकाे छन् ।

 

बालपोषण भत्ता प्राप्त गरि रहेका सबै बालबालिकाको अभिभावकहरुले सम्बन्धित निकायसित समन्वय गरी तोकिएको बैंकमा खाता खोल्नुपर्ने भएको हुनाले यसै सूचना मार्फत जानकारी गराईएको छ ।

 

गरुडा नगरपालिका वडा नम्बर १ जयनगर, वडा नम्बर २ गेडहीगुठी र वडा नम्बर ९ रघुनाथपुरका स्थानीयबासीले गरुडामा रहेको मुक्तिनाथ बैंक, वडा नम्बर ३ मलाही र वडा नम्बर ५ महम्मदपुरले गरुडामा रहेको सिभिल बैंक, वडा नम्बर ४ गरुडाबासीले सेन्चुरी बैंकमा खाता खोल्नु पर्ने बताइएको छ ।

 

यसै गरी वडा नम्बर ६ पोठियाहीबासीले प्राइम बैंक शिवनगर, वडा नम्बर ७ पिपरिया दोस्तियाले एनएमबि बैंक गरुडा र वडा नम्बर ८ बसबिटी जिंगडियाले लुम्बिनी विकास बैंक गरुडामा खाता खोल्नुपर्ने जनाइएको छ ।

 

तोकिएको समयभित्र खाता नखोली छुट भएका सम्बन्धित सेवाग्राही आफैँ जिम्मेवार हुने नगरपालिकाको सूचनामा जनाइएको छ ।