rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

मौलापुर नगरपालिका मेयर रिना साह द्वारा १००.७ मेगार्हज एफएम संचालन

जितेन्द्र कुमार यादब //मंसिर ०८ गते, रौतहट

रौतहटको मौलापुर नगरपालिका सामुदायिक एफएमले नियमित प्रसारण सुरु गरेको छ। मौलापुर नगरपालिकाले सामुदायिक एफएम संचालनमा ल्याएको हो।

 

नगर प्रमुख रिना साहले विधिवत रुपमा एफएमको उद्घाटन गरेपछि एफएमले नियमित प्रसारण सुरु गरेको छ। परीक्षण प्रसारण सफल भएपछि नियमित प्रसारण सुरु गरिएको एफएमले जनाएको छ। मौलापुर नगरपालिका वार्ड नं. ५ मौलापुरमा सामुदायिक एफएमले नियमित प्रसारण सुरु गरेपछि कृषि, शिक्षा,स्वास्थ्य सँग सम्बन्धित कार्यक्रमलाई रेडियोले प्राथमिकता दिनुपर्ने मेयर साहले बताएकी छन्।

 

समाजमा नकारात्मक असर पार्ने गीतहरु नबजाउन निर्देशन समेत दिँदै मेयर साहले रेडियो सबै नागरिकको साझा आवाज बोल्ने थलोको रुपमा विकास गर्न आग्रह गरेकी छन्।

 

रेडियोको नियमित संचालन गर्दै नगर उपप्रमुख गौरी शंकर साह, प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, एफएमका उपाध्यक्ष अमर साह लगायतले रेडियोमा नमुना कार्यक्रमहरु संचालन गरिने बताउँदै आगामी दिनमा मौलापुर टेलिभिजन पनि संचालनमा ल्याउने योजना रहेको बताएका छन्।