जितेन्द्र यादब // जेष्ठ १८ गते रौतहट
रौतहट जिल्लाको मध्य भागमा अवस्थित रहेको गरुडा नगरपालिका वडा नं.५का वडा अध्यक्ष राम बिनोद साहले वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।
नेकपा माओवादी पार्टीबाट नवनिर्वाचित वडा अध्यक्ष राम बिनोद साहले आज देखी पाँच वर्षको लागि महम्मदपुर,लक्ष्मीपुर,शिवनगर,गरुडा ठेठरहिया चार ओटा गाँउ हाक्ने जिम्मेवारी सम्हालेका हुन । कार्यभार सम्हाल्न वडा कार्यालय पुगेका साहलाई कर्मचारी, जनप्रतिनिधि र स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।
वडा अध्यक्षको कार्यभार सम्हाल्दै साहले आउँदो पाँच वर्षभित्रमा वडा नं.५ लाई एउटा नमुना वडा बनाउने उदघोष गरेका हुन ।
गाउँलाई सुखी, समृद्ध र विकसित बनाउन आफु कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाए ।
जनताको चाहना र भावना अनुसारको काम गरी गाउँलाई जिल्लामा मात्र नभई देशमै चिनाउने गरी विकास निर्माण लगाएतको कार्य गर्ने उनले बताए ।
आफु जनताको मालिक नबनी सेवक बनेर जनताको चाहना अनुसारको काम गर्नबाट कहिल्यै पछि नहटने उनले उदघोष गरे ।
सो कार्यक्रममा साहले वडा कार्यालयबाट प्रवाह हुने सुबिधा नि:शुल्क गर्नेछौं समेत सार्वजनिक गरेका छन।
१.वडा कार्यालयमा एम्बुलेन्स को व्यवस्था र जान्ता को शुख दुख मा साथमा रहने प्रतिवध्ता समेत गरे ।
२.घटना दर्ता सम्बन्धि विवाह,जन्म,मुत्यू,बसाइँसराइ लगायत सम्पूर्ण सिफारिसहरु निशुल्क गर्ने ।
३.वडा अन्तर्गतका कुनै पनि एकल महिलालाई प्रत्येक महिना रु.५००को दरले भाता दिने।
भद्रभलाद्मी सो वडाका कर्मचारी, प्रहरी ,संचारकर्मी लगाएत हजारौंको उपस्थित रहेका थिए।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।