सिताराम साह // असार ०१ गते, रौतहट
सरकारले दिने गरेको बालबालिकाको खाजामा धेरै लापरवाही हुने गरेको छ । गरुडा नगरपालिका १ मा संचालनमा रहेको आधारभूत विद्यालयमा दिवा खाजामा व्यापक लापरवाही हुने गरेको पाइएको छ । विद्यालयको संचालन नै पूरै अव्यवस्थित रहेको जयनगरमा दिवा खाजामा व्यापक लापरवाही रहेको देखिएको हो ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार र नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादव तथा वडा नम्बर १ का वडाध्यक्ष शेख ओहावले बुधवार विद्यालयको अनुगमन गर्दा कहिल्यै नसोचेको दुर्दशा देखेको नगर प्रमुखले जानकारी गराएका छन् ।
विद्यालयमा सरसफाइको अभाव रहेको, महिनौँदेखि कक्षा कोठाहरु नबढारिएको, विद्यालयको शौचालय नरकजस्तो फोहोर भएको, सिमेन्टको बोरा कक्षामा खुल्लै छाडेर उडिरहेको धुलोबिच विद्यार्थीहरु बस्नु परेको, कागजपत्र कुनै पनि दुरुस्त नरहेको आफूले पाएको नगर प्रमुख कलवारले जानकारी गराएका छन् ।
्विद्यालयमा रहेको शिक्षक हाजिरी रजिस्टरमा पनि कैयौँ दिनदेखि शिक्षकहरुले हाजिर गरेको नपाइएको, बिना सूचना प्रधानाध्यापक अनुपस्थित रहेको, शिक्षकहरुले विद्यालय पोसाक नलगाएको देखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले बताएका छन् ।
विद्यालयमा बालबालिकाको लागि संचालन गरिएको खाजामा अकल्पनीय लापरवाही देखेर आफू आश्चर्यचकित भएको नगर प्रमुख कलवारको भनाइ छ ।
कक्षा ८ सम्म संचालित विद्यालयको अकल्पनीय दुर्दशा देखेर आफू अचम्भित भएको बताउँदै नगर प्रमुख कलवारले पहिलोचोटि कडा चेतावनी दिएको बताएका छन् । तोकिएको समयमा विद्यालय आउने तथा तोकिएको समयसम्म निर्धारित काम गर्न विद्यालयका शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको बताएका छन् ।
शिक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेकोले विभिन्न विद्यालयको स्थलगत अनुगमन निरीक्षण गरिरहेको नगर प्रमुख कलवारले जानकारी गराएका छन् ।
गरुडा नगरपालिकाकी उपप्रमुख पुनम कुमारी चौधरीले आफ्नो पहिलो निर्णयको रुपमा विद्यालयमा दिवा खाजा कार्यक्रम संचालन गराएर प्रशंसा कमाएकी थिइन् तर विभिन्न विद्यालयमा दिवा खाजामा भइरहेको चरम लापरवाहीको अनुगमन हुन नसक्दा झन् लापरवाही बढेको देखिएको छ ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।