सुनिल रजक रौतहट जेठ १७ गते।
रौतहटका स्थानीय तहमा कार्यपालिका सदस्यहरुको निर्वाचन धमाधम भइरहेको छ । एक–दुई ठाउँबाहेक अधिकांश स्थानमा मतदान मार्फत कार्यपालिका सदस्यहरुको टुंगो लगाउने क्रम चलिरहेको निर्वाचन अधिकृतहरुले बताएका छन् । प्रत्यक्ष निर्वाचित सहित महिला, दलित र अल्पसंख्यकबाट छानेर कार्यपालिका सदस्यहरु थप गर्नुपर्ने हुन्छ । त्यस अनुसार जिल्लाको बृन्दावन नगरपालिकामा मंगलबार ५ जना महिला तथा दलित सदस्य र ३ जना अल्पसंख्यक सदस्य चुनाव प्रक्रियाबाट चयन गरिएको छ । तिन दलबिच भएको थियो ।
नेकपा माओबादी पार्टी ,नेकपा एमाले र नेकपा एकिकृत समाजबादी पार्टी बिच चुनाव भएको थियो । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको चुनाव चिन्ह गोलाकार हसिया हथौडाबाट उममेदवारी दिएका गंगाराम साह कानु ,नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेदवारी दिएका रामबिनोद राउत बरै ,अर्को एमाले पार्टीबाट नै उम्मेदवारी दिएका संजय प्रसाद पटवा र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी )बाट राजेश पासवान(निर्माणी जि ),सोहि पार्टीबाट महेश बैठा ,रामबाबु साहले उम्मेदवारी दिएका थिए ।
चुनाव हुँदा नेकपा एमाले पार्टीका २१ मत प्राप्त भएका थिए भने नेकपा माओबादी केन्द्र पार्टीले समान २१ मत प्राप्त भएका थिए र प्रतिस्पर्दामा रहेका नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदवारले बहुमतले २६ मत प्राप्त गरेका थिए । तिन जना दलित सदस्य नेकपा (एकीकृत समाजवादी) सहित ५ जना नेकपा एकिकृत समाजबादी पार्टीकै निर्वाचित जनप्रतिनिधिले कार्यपालिका सदस्यमा निर्वाचित भएका छन ।
३ जना अल्पसंख्यक तथा दलितमा कलम निर्वाचन चिन्ह भएका नेकपा एसको उम्मेदवार राजेश कुमार पासवान निर्माणी जि ,सोहि पार्टीको उम्मेदावर महेश बैठा ,रामबाबु साह निर्वाचित भएका छन ।त्यसतै बृन्दावन नगरपालिकाका महिला सदस्यहरुमा कोशिला देवी पटेल ,एतबरिया देवी ,रामपरी देवी ,जहाना खातुन ,पुनम देवी निर्वाचित भएका छन ।
नेकपा एकिकृत समाजबादी पार्टीका पुरै प्यानल सहित बिजय भएका छन । बिजय भएका सम्पुर्ण सदस्यहरुलाई बृन्दावन नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत उमेश राज रिमालले प्रमाणपत्र प्रदान सहित शुमकमना ब्यतm गर्दै कार्यकाल सुखमय बितोस भनि शुभकमना समेत दिएका थिए । बृन्दावनमा नेकपा एकिकृत समाजबादी पार्टीको स्पष्ट बहुमत रहेको छ ।मंगलबार नगरकार्यपालिकाको सदस्यमा निर्वाचन हुँदा ४७ मतदाताहरुले मत हालेका थिए ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।