रौतहट मिडिया // मंसिर ०८ गते
नेपाल चिकित्सक संघले मेडिकल काउन्सिलमा दर्ता नभएका डाक्टरको विगविगि बढेको जनाएको छ।
संघका महासचिव डा. बद्रि रिजालले पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा विभिन्न विकृति फैलिएकाले सरकारलाई ध्यानकर्षण गराएको बताए।
संघले कानुनी रूपमा दर्ता नभएका चिकित्सक हुँ भन्दै भ्रामक प्रचारप्रसार गरी उपचार प्रक्रियामा समावेश भएका व्यक्तिमाथि छानबिन प्रक्रिया अगाडी बढाएर पूर्ण रोक लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानकर्षण गराएको छ।
त्यसैगरी, एन्टिमाइक्रोविएल्स र एन्टिबायोटिक औषधिहरूको बढ्दो मात्रामा दुरूपयोग भएको जनाएको छ।
दर्ता भएका चिकित्सकको सिफारिस बिना नै स्वास्थ्यलाई असर पर्ने गम्भीर खालका एलोपेथिक औषधिको प्रयोग भइरहेको र त्यसलाई पूर्ण रूपमा निषेध गर्न मन्त्राललाई अनुरोध गरेको छ।
संघले यस्ता विषयको उचित तवरले समधान नहुने भने मानिसको स्वास्थ्यमा विकराल रूप लिँदै जाने र स्वास्थ्य सेवा प्रवाहमा नै गम्भीर असर पर्ने जनाएको छ।
तत्काल नै सरोकालाहरूसँग छलफल र समवन्य गर्न मन्त्रालयले अनुरोध गरेको छ।


More Stories
गुप्ताले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएको छ
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।