सिताराम साह // मंसिर ०८ गते, रौतहट
रौतहटको कटहरियामा नेपाली कांग्रेस पार्टीका क्षेत्र नं ३ को क्षेत्रिय अधिवेशन सभ्य एवम् भव्य रुपमा संपन्न संम्पन भएको छ । कांग्रेसका जिल्ला सभापति कृष्णा प्रसाद यादवको प्रमुख आथित्यतामा सो भेला संम्पन भएको हो । क्षेत्रिय निर्वाचनबाट नेतृत्व चयन गर्ने प्रवधान भए पछि त्यसको लागि बैठक बोलाईएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती जिल्ला सभापति कृष्णा यादवले अब हुने कांग्रेसको क्षेत्रिय निर्वाचनमा पार्टीले गुट उपगुट त्यागेर असल नेतृत्व चयन गर्न सबै नेता कार्यकर्ताहरुलाई अनुरोध गर्नु भयो । त्यस्तै बिशिष्ट अथिती पुर्व सांसद सुनिल यादव उर्फ जितेन्द्रले पार्टीलाई सुद्धीढीकरण गर्नु पर्ने बताउनु भयो । पार्टी भित्र देखिएको आन्तरिक मतभेद लाई अन्त्य गरि एकताबद्ध भएर सबैलाई लैजान सबै संग आग्रह गर्नु भयो ।
जिल्लाको चर्चित बजार कटहरियाको बिवाह भवनको अगाडी नेपाली कांग्रेसले आयोजना गरेको क्षेत्रिय भेलामा कार्यक्रमका बिशिष्ट अथिती जिल्ला सचिव हृदयनरायण राय यादव, बिधायक प्रत्यासी रामनरायण राय यादव, देवाही गोनाही नगरपालिकाका हालै निर्वाचित नगर सभापति राम अयोध्या राय यादव, जिल्ला उपसभापति एवम गरुडा नगरपालिकाका मेयर प्रत्यासी शुनिल यादव,जिल्ला समन्वय समितीका सभापति रामएकवाल राय यादव, फतुआ बिजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव,नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष राम कृपाल राय यादव, नेपाल शिक्षक संघ प्रदेश दुईका बरिष्ट उपाअध्यक्ष राम मंगल राय यादव,जिल्ला सदस्य बाल्मीकी यादव, जिल्ला सदस्य ज्ञानेन्द्र यादव, मेहबुल हक, अर्जुन यादव, सुमिण्त्रा सापकोटा,कटहरिया नगरपालिका वडा नं. ५ का अध्यक्ष एवं निर्वतमाण सभापति सर्फलाल प्रसाद गुप्ता, वडा नं. ६ का अध्यक्ष शम्भुकान्त यादव, माहाधिवेशन प्रतिनीधी रमेश खरेल, सेराजुल देवान, अथितीहरुमा पुर्व सांसद जितेन्द्रका सचिवालय सचिव गनिलाल यादव,नेपाली कांग्रेसका युवा नेता महादेव साह, धरहरीका युवा नेता बिवेक यादव उर्फ गुडडु ,नरम स्वाभावका धनी समाजसेवी राजकिशोर प्रसाद यादव,कपिलदेव राय यादव, हालै निर्वाचित गुजरा नगरपालिकाका नगर सभापति कुमार चौलागाई , वडा अध्यक्ष पवन राज गिरी,हेमालाल साह सोनार,लालु राय याादव, रामजन्म राय यादव,रामबरन साह सोनी, ल्याकत हुसैन,पप्पु यादव लगाएत कांग्रेसका सम्पुर्ण नेता कार्यकर्ताहरुको बिषेश उपस्थितीमा रहेको थियो भने कार्यक्रमको संचालन माबी भषेढवाका प्रअ सचिन्द्र प्रसाद यादवले गरेका थियो । त्यस्तै सोही भेला मार्फत क्षेत्र नम्बर ३ का (ख) का बिधान सभापतिमा अर्जुन कुमार यादव,सचिवमा शैलेन्द्र ठाकुर लगाएतका ब्यक्तीहरुलाई सर्वसहम्तबाट चयन गरिएको थियो ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।