सिताराम साह // फागुन २३ गते, रौतहट
केहि दिन देखि हराएको मोबाईल सम्बन्धित मानिसलाई जिम्मा लगाएका छन ।रुकुम जिल्लाको खलङ्गा घर भई बस्ने प्रेम बहादुर बिकको ईन्फीनिक्स मोबाईल गत शनिबार हेराएको थियो ।रौतहट जिल्लाको गढीमाई नगरपालिकाको वार्ड नं.९ मलाहिटोल बस्ने तथा सानिमा लाईफ ईन्सोरेन्स कम्पनी शाखा चन्द्रनिगाहपुरका शाखा प्रमुख साथै समाजिक अभियन्ता शिवचन्द्र प्रसाद साहले आफ्नो साथीलाई सिमरा एयरपोर्टमा छोडन जादा सो मोबाईल बाटोमा भेटिएको थियो ।भेटिएको मोबाईललाई सोधपुछ गरि पता लागेपछि मोबाईल धनीलाई रौतहट जिल्लाको गरुडा नगरपालिका स्थित रहेको गरुडा ईलाका प्रहरी कार्यलयमा बोलाई सम्बन्धीत ब्यतिmको कागजात चेकजाच गरि र बास्तबिता बुझिई ईलाका प्रहरी कार्यलय गरुडाका प्रहरी नायब उपरिक्षक डिएसपि श्री राम भण्डारी र जसपा चर्चित युवा नेता राजकुमार दासको रोहबरमा सानिमा लाईफ ईन्सोरेन्सका शाखा प्रमुख शिवचन्द प्रसाद साहले आफ्नो हाथले नेपाल सरकारको सेवक पनि रहनु भएका सशस्त्र प्रहरी प्रेम बहादुर बिकलाई हस्तान्तरण गरेका छन ।हस्तान्तरण गर्ने क्रममा साहले भने समाज एक सुख दुखका साथ हुन सबैसंग सबैको आवश्यकता हुन्छ ।त्यस कारण समाजमा कसैको कुनै ठुलो वा सानो कुरा हराए पनि त्यो समाग्री आफ्नो ठाउँमा नराखी सम्बन्धीलाई दिदा ठुलो पुन्यको कुरो रहेको उहाँले बताए ।मानव नै धर्म हो भनि भनाई सबैलाई अवगत नै हो त्यस कारण आफ्नो जुन कर्म हो त्यो गर्दै जादा धेरै ठुलो धर्म हो साहले बताए ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।