rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

धनुषामा माेटरसाइकल चाेरी गर्ने दुईजना पक्राउ

गिता पासवान // फागुन १९ गते , धनुषा 

धनुषा प्रहरीले माेटरसाइकल चाेरी गरिएको आराेपमा दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार जिल्ला काे हंसपुर नगरपालिका -५ का राम वर्ण सदाको २० वर्षीय छाेरा उमेश माझी र नम्बर उप्केकाे डिस्कभर माेटर साईकल चालक साेही ठाउँका गंगा मण्डलकाे छाेरा २५ वर्षीय छाेरा लक्ष्मेश्वर मण्डललाई चाेरीकाे माेटरसाईकल सहित पक्राउ गरेको छ । गत फागुन १६ गते चेक जाँचकाे क्रममा ज ४ प ६३९६ नम्बरको माेटरसाईकल सवार भएको चालक र अर्को नम्बर प्लेट उप्काएकाे माेटरसाईकलमा सवार चालकलाई शंकास्पदरुपमा आउँदा गरेकेामा उनीहरुलाई राेकी साेधपुछ गर्दा ज ४ प ६३९६ नं. काे माेटरसाईकल बताएकोमा निजहरुसँग साे माेटरसाईकलहरुकाे कागजपत्रहरु माग गर्दा कागजपत्र देखाउन नसकेकोले उक्त माेटरसाइकलहरुबारे अनुसन्धान तथा जाचँबुझ गर्दा ज ४ प ६३९६ नम्बरको माेटरसाईकल जिल्ला धनुषा हंसपुर नगरपालिका -५ का शम्भु प्रसाद साहको घर आगनबाट चाेरी भएको फेला परेको थियो । पक्राउ परेका उमेश माझीले चाेरी गरेको र नम्बर प्लेट उप्किएकाे डिस्कभर माेटरसाईकल अैारही गाउँपालिका -६ का उतिमलाल सहनीकाे घर आंगनबाट १५ गते राति लक्ष्मेश्वर मण्डलले चाेरी गरी ल्याएको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । चाेरी मुद्दामा म्याद थप गरी यिनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।