चन्दन कुमार // १५ फागुन, रौतहट
रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल पक्राउ परेका छन् ।
मेयर पटेल पक्राउ परेको खबरसँगै स्थानीयको एक समूहले मेयरलाई फसाउन खोजेको भन्दै नगरपालिका कार्यालय घेराउ गरेको छ ।
नगरपालिकाकै वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेक घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
मेयर पटेल सहित उनका स्वकीय सचिवलगायत चारजना अझै पक्राउ परेका छ्न । पक्राउ परेका सचिवलगायत चार जना बारे बारेमा थप विवरण आउन बाँकी रहेको समाचार प्राप्त भएको छ ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।