चन्दन कुमार // १५ फागुन, रौतहट
रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल पक्राउ परेका छन् ।
मेयर पटेल पक्राउ परेको खबरसँगै स्थानीयको एक समूहले मेयरलाई फसाउन खोजेको भन्दै नगरपालिका कार्यालय घेराउ गरेको छ ।
नगरपालिकाकै वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेक घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
मेयर पटेल सहित उनका स्वकीय सचिवलगायत चारजना अझै पक्राउ परेका छ्न । पक्राउ परेका सचिवलगायत चार जना बारे बारेमा थप विवरण आउन बाँकी रहेको समाचार प्राप्त भएको छ ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।