रौतहट मिडिया न्युज डेस्क फाल्गुन १६ गते।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय देशको गरिमामय जिम्मेवार संस्थाको रूपमा चिनिएको छ तर अख्तियारले छापा हान्दा गोप्य रूपमा हुनुपर्छ त्यही बेला पत्रकारको उपस्थिति हुनु र पैसा एव चेक दिने व्यक्ति त्यहीँ क्रममा पुग्नु सिधै षड्यन्त्र देखिएको छ ।
अख्तियारले पनि केही राजनीतिक दलको इशारामा हिडेको पुष्टि भएको देखिन्छ । जनताको मतबाट निर्वाचित भए नगर प्रमुखलाई हाम्रो देवाहि गोनाही नगरपालिकाको कार्यालयबाट गुण्डासैलीमा लोकतन्त्रको खिल्ली उडाउँदै पक्राउ गरेको कार्य प्रति घोर भत्सर्ना गर्दछु ।
सत्य तथ्य छानबिन गरी एउटा राजनीतिककर्मी र मेयर जस्तो व्यक्तिलाई षड्यन्त्रपूर्ण कार्य गर्ने व्यक्तिलाई कानुनको दायरामा ल्याउन माग गर्दछु ।
असत्य माथि सत्यको विजयी अनिवार्य हुनेछ सम्पूर्ण रौतहटबासीले त्यो षड्यन्त्रकारीको अनुहार राम्रोसँग चिनिने छ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।