Posts Grid

March 11, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

लोसपा नेता कन्थमनि जैसवालद्धारा फलामको ढोका हस्तान्तरण

रमेश कुमार यादब // फाल्गुन १० ,रौतहट

रौतहटको एक मेयर पदका प्रत्याशीले ढोका हस्तान्तरण गरेका छन ।जिल्लाको मध्यभागमा पर्ने गरुडा निवासि तथा लोकतान्त्रिक समाजबादी पार्टीका (लोसपा)नेता कन्थमनि प्रसाद जैसवालले गरुडा नगरपालिकाको वार्ड नं.५ मा पर्ने शिवनगर टोलमा रहेको फुलमत माई सातो बहिनी मन्दिरमा आफ्नो ब्यतिmगत लगानीमा एक कार्यक्रमको आयोजना गरि ढोका हस्तान्तरण गरेका छन ।सोमबार धर्मेन्द्र पासवानको अर्थक प्रयास तथा उहाँकै अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।कार्यक्रमको प्रमुख अतिथिमा कन्थमनि प्रसाद जैसवाल रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथिको रुपमा उपेन्द्र यादब रहनु भएको थियो ।सोहि कार्यक्रमको सम्बोधन गर्दे भने आज सोमबारका दिन यस गरुडा नगरपालिकाको पावन धर्ती शिवनगर टोलमा आस्ता र बिश्वासको रुपमा रहेको फुलमत माई मन्दिरलाई ढोका हस्तान्तरण गर्दा निकै नै खुसि लागेको बताएका थिए ।मैले पुर्वप्रतिबद्धता अनुसार मन्दिरलाई फलामको ढोका दिएको छु र साथै उहाँले गत श्रावन महिनामा मन्दिरको सुरुवात हुँदा पनि मन्दिरको निर्माणको लागी ईँटा ,सिमेन्ट लगायतका समाग्रीहरु पनि उपल्बध गराएका थिए । मन्दिरको निर्माण कार्य सम्पन हुँदा सो मन्दिरको रङ्गरोदन गर्नको लागी पनि प्रतिबद्धता जनाए ।उहाँले यो पनि भने कि आउदो बैशाख ३० गते हुने निर्वाचनमा हाम्रो नभएर राम्रो र सबैको हकहितको लागी र सधैँ गरिबहरुको सुख दुःख बुझने जनप्रतिनिधिलाई छनौट गरि आफ्नो बहुमुल्य मत दिएर जिताउन आग्रह पनि गरिेका थिए ।अहिले चुनावको महल रहेको हुँदा बिभिन्न पार्टीका नेताहरु आउदा बिभिन्न किसिमका प्रलोभन र पैँसा दिएर म तिमिहरुलाई यो गरदिन्छु त्यो गरदिन्छु भनेर ठगने नेताहरुसँग सावधान भएर लोभमा नपरि सधैँ सुख दुखमा कसले साथ दिने हो भनि त्यस्ता नेतालाई आफ्नो बहुमुल्य मत दिएर जिताउन आग्रह समेत गरेका थिए ।त्यसतै सोहि कार्यक्रमको बिशिष्ट अतिथिको रुपमा रहनु भएका उपेन्द्र यादबले समाजमा परिवर्तन ल्याउन र सबैको भलाई हुने गरि काम गर्ने एक मात्र लोसपा नेता गरुडा नगरपालिकाका मेयर पदका प्रत्याशी कन्थमनी प्रसाद जैसवाल रहेकोले एक चोटी भारी मतले जिताउन सम्पुर्ण मानिसहरुमा आग्रह गरे र कार्यक्रमको अध्यक्षता गर्नु भएका धर्मेन्द्र पासवानले हामी जस्तो गरिव, असाहाय एवं विपन्न परिवारलाई खोजी खोजी बेलाबखत नगद सहित विभिन्न किसिमका सामाग्रि सहयोग गर्दै आएका नेता जयसवाल आउँदो निर्वाचनमा गरुडा नगरपालिकाको मेयर पदमा चुनाव लड्न लागेकोले नेता कन्थमनि प्रसाद जैसवाललाई यस पालिको चुनावमा हामीसबै जना एक भएर मत दिन टोलबासिलाई आग्रह गरेका थिए । बैशाख ३० गते आउँदो निर्वाचनमा गरुडाको मेयर पदमा नेता कन्थमनी जयसवाल नै जित्ने चर्चा गाउँ गाउँमा पनि शुरु भएको पासवानले बताए । हामिले आफ्नो बहुमुल्य मत दिएर जिताएको नेता पाँच साल भित्रमा एक चोटी पनि नआएको दुख पनि ब्यत गरे । अन्य नेता एवं निर्वाचित जनप्रतिनिधि विकासको नाममा भ्रष्टाचारमा लिप्त भएको, नातावाद, क्रिपावादमा लागेको, जनताको घरदैलोमा कहिल्यै नजाने, गरिवलाई हेर्न नआउने र जनतालाई ठग्ने बाहेक अरु केही पनि गर्न नसकेका कारण गरुडा नगरवासी यसपालिको निर्वाचनमा गरुडा नगरपालिकाको मेयर पदमा नेता कन्थमनी जयसवाललाई नै जिताउने मनस्थितीमा पुगेका बताए ।यति मात्र कहाँ हो उहाँले हरेक सुख दुःख हरेक परिस्थीतीमा पनि सहयोगी भावनाले सहयोग गर्दै आईरहेको पासवानले बताए । सोहि कार्यक्रममा फुलमत माई सातो बहिनी मन्दिरको पुजारी फेकन पासवान ,समाजसेबि नेता छठु प्रसाद साह ,गंगा राम ,बिगन पासवान ,कृष्ण पासवान ,रंजित साह लगायत सयकडौँ मानिसहरुको उपस्थिती रहेको थियो

You may have missed