सुनिल रजक // मंसिर ०८ गते
नागरिक लगानी कोषले कोरोना (कोभिड–१९) महामारीमा ज्यान गुमाएकाको परिवारलाई हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । महामारीमा ज्यान गुमाएकाको परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराइएको कोषले जानकारी दिएको छ ।
कोषले २०७८ साउन ५ सम्म कोभिडबाट ज्यान गुमाएकाको परिवारलाई रकम उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी वचतवृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको कोषले जनाएको छ ।


More Stories
गुप्ताले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएको छ
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।