Posts Grid

March 14, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

आन्दोलनको नाममा सिके राउतको अराजकता, दर्जनौँ सरकारी गाडीमा तोडफोड(फोटो फिचर)

रौतहट मिडिया माघ १२।जनकपुरधाम– आन्दोलनको नाममा जनमता पार्टीका नेता कार्यकर्ताहरु अराजकता फैलाउनेमा उत्रिएको छ।
बुधबार राष्ट्रियसभा निर्वाचनमा मतदानका लागि जनकपुर पुगेका प्रतिनिधिरूका गाडीमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन्।
त्यस्तै कार्यकर्ताहरुले सरकारी दर्जनौँ सरकारी गाडीमा तोडफोड गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार लाठी भाराटासहित आएका जनमत पार्टीका कार्यकर्ताहरूले दर्जनौँ सरकारी गाडीमा तोडफोड गरेका हुन् ।
सर्लाहीको हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल सवार प्रदेश २–०३ ००१ झ ००२० र कबिलासी नगरपालिकाको ना १ झ १६७४ नम्बरको गाडी जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका हुन्।
हरिवन नगरपालिकाको गाडीमा त्यहाँका मेयर गणेशप्रसाद प्रसाईं र संविधानसभा सदस्य कमलादेवी महतोसमेत सवार थिए।
जनकपुरको रामचोकमा हरिवन नगरपालिकाको र जानकी मन्दिर नजिक कविलासी नगरपालिकाको गाडीमा तोडफोड भएको छ। तोडफोडका कारण दुवै गाडीमा क्षति पुगेको छ।
यसअघि प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच राष्ट्रियसभा निर्वाचनको मतदानस्थल नजिक भैरव चोकमा झडप भएको थियो। लाठीभाराटासहित आएका जनमत पार्टीका कार्यकर्ताहरू निषेधित क्षेत्र तोडेर मतदानस्थलतर्फ जानखोज्दा झडप भएको हो।
भीड तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने झडपमा परी चार प्रहरी र आठजना जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन्।

You may have missed