Posts Grid

March 15, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

बाराको आदर्शकोतवाल गाउँपालिकामा दुलाहा बोक्ने रथले किचेर २ जनाको मृत्यु!

रौतहट मिडिया माघ ११।बाराको आदर्शकोतवाल गाउँपालिकामा दुलाहा बोक्ने रथले किचेर २ जनाको मृत्यु भएको छ । आदर्शकोतवाल गाउँपालिका–३ बतरा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएको छ ।
रथ अचानक तिव्र गतिमा कुदेर रथको अगाडी रहेका मानिसहरुलाई किचेको र दुई जनाको घटना स्थलमा नै मृत्यु भएको छ।
स्थानीय लक्ष्मण महरा चमारको छोरा श्रीराम महारा चमारको विवाहका लागि तयार गरिएको रथ अचानक अनियन्त्रित भई किच्दा अन्य १२ जना घाईते भएका छन् । घाईते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ ।
घाईतेहरुलाई उपचारका लागि कलैया अस्पतालमा पठाईएको छ । बाराकै करैयामाई गाउँपालिका जन्ती जाने तयारी भईरहेको थियो । आदर्शकोतवाल गाउँपालिकामा रथले किचेर मानिसहरु हताहती भएको र उद्दार गरेर अस्पताल ल्याउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

You may have missed