rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

मोटरसाइकल दुर्घटनामा दुई जना मृत्यु र ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु

सिताराम साह // माघ १३ गते, रौतहट

विभिन्न दुई सवारी दुर्घटनामा रौतहटमा तीन जनाको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा दुई जना र ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

रौतहटको गरुडा नगरपालिका ४ मा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा गढीमाई नगरपालिका ८ वरियारपुरका १९ वर्षीय महम्मद अल्ताफ र २५ वर्षीय रबि साहको मृत्यु भएको प्रहरीको भनाइ छ। साहले चलाइरहेको ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते दुवै जनालाई उपचारको लागि अस्पताल पुर्‍याउँदा अस्पतालले मृत्यु भइसकेको बताएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

 

यसैगरी, फतुवा विजयपुर नगरपालिका ९ मा ट्रयाक्टरले किचिएर एक बालकको मृत्यु भएको छ।

 

नयाँ ट्रयाक्टर किनेर ल्याएको र ट्रयाक्टर धनी मनोज यादवले आफैँले चलाउन खोज्दा आफ्नै भाइ सनोज यादवका ४ वर्षीय छोरा यश यादवको किचिएर मृत्यु भएको हो।

 

आफ्नै भाइको छोराको आफैँले चलाएको सवारीले मृत्यु भएपछि मनोज फरार भएका छन्। फरार यादवको खोजी भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ।