रौतहट मिडिया न्यूज डेस्क // माघ ०४ गते,
स्थानीय प्रशासनले कलाकारलाई रोकेपछि आक्रोशित भिडले तेस्रो बर्जु महोत्सवका लागि बनाइएको स्टेज तोडफोड गरेका छन् । उनीहरुले चार वटा सवारीमा आगजनी गरेको छ ।
पुस २३ गतेदेखि जारी महोत्सवको अन्तिम दिन मंगलबार भोजपुरी कलाकार खेसरीलाल यादवलाई ल्याउने तयारी थियो । मंगलबार १२ बजे यादव आउने भन्दै मेला आयोजक समितिले अग्रिम टिकट बिक्री गरेको थियो ।
तर स्थानीय प्रशासनले आफ्नो निर्देशिन विपरित महोत्सव गरेको भन्दै कलाकार यादवलाई नआउन आग्रह गर्यो ।
आक्रोशित बनेको भिडले स्टेज तोडफोड गर्दै महोत्सव स्थलमा रहेको चारवटा स्करपियोमा आगजनी गरेको हो ।
स्थानीय प्रशासनले महोत्सव रोक्नका लागि यसअघि नै निर्देशन दिएको थियो । तर आयोजक बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले मेला रोक्न अटेर गरेको थियो । महोत्सवमा अत्याधिक भीड देखिएपछि स्थानीय प्रशासनले खेसरीलाललाई महोत्सवमा जान नदिई विराटनगरको होटल एसियाटिकमा रोकेर राखेको थियो ।
खेसरीलाल नपुगेपछि आक्रोशित भीडले स्टेज तोडफोड गर्दै चारवटा स्करपिओमा आगजनी गरेको प्रहरीले जनाएको छ । तोडफोड र आगजनीपछि बर्जु क्षेत्रको मंगलबार दिउँसो तनावग्रस्त बनेको बर्जु गाउँपालिका– ६ का वडाध्यक्ष विनोदकुमार चौधरीले बताए ।
More Stories
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।
बौधिमाईमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुको बैठक सम्पन्न।
राैतहटकाे भैसहीमा १८ अौ बलिदानी दिवसको अवसरमा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रजवल।