रौतहट मिडिया न्यूज डेस्क // पौष १३ गते, रौतहट
रौतहटको गौर–चपुर सडकखण्ड अन्र्तगत जयनगर सखुअवामा जन्ती बोकेको स्कार्पियो गाडी दुर्घटना हुँदा गाडीमा सवार मानिसहरुको उद्धारका लागी प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्रि योगेन्द्र यालव आफै जुटेका थिए ।
रौतहट जिल्ला घर भएका राज्य मन्त्रि यादव प्राय सोहि बाटो ओहोर दोहोर गर्ने गरेकाले पनि दुर्घटना भए लगतै यात्रा कै क्रममा दुर्घटना स्थल पुगेका थिए । दुर्घटना स्थलमा मानिसहरुको बाक्लो भिडभाड हेरेर गाडी रोकेका राज्य मन्त्रि यादवले दुर्घटनाको भ्यावह रुप हेरेर आफै उद्धारमा जुटेका थिए भने घाईतेहरुको यथाशिध्र उपचारका लागी सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत प्रदान गरे ।
दुर्घटनामा ज्यान गुमाउने ६ जनाको परिवार प्रति गहिरो सम्वेदना प्रकट गर्दै मन्त्रि यादवले घाईतेहरुको शिघ्र स्वास्थ लाभको कामना समेत गरेका छन् । साथै मन्त्री यादवले दुर्घटना निकै दुखद रहेकोले दुर्घटनाबारे जानकारी गराउदै मृत्कका परिवारका लागी मुख्यमन्त्रि लालबाबु राउत संग राहतको व्यवस्था गर्न आफुले पहल गर्ने बताए ।
मन्त्रि जी गौर च पुर् राजमार्ग मिर्त्युलोकको प्रत्यक्ष बाटो हो| नेपालको सबै भन्दा दुर्गम भन्ने बाटो भन्दा नि अफ्ठ्यारो बाटो हो | यो बाटो मा हिड्ने माननीय मन्त्रीहरु लाई बाटोको चौडाई ,लेन, सडक गाइड ,जेब्रा क्र्सिंग ,लाइसेन्स न.प्लेट आदि कुराहरु संग के मतलब? मर्नेहरु मर्छ एक छिन सान्तवना दिनेहो फेरी५-१० दिनमा घटना भइहाल्छ फेरी संताबना दिन माननीय मन्त्रिहरु आई हाल्छ कोहि न कोहि तर राजमार्गको व्यस्थापन तिर न kathamandau न जनकपूर न १६-१८वटा पालिकाका राजाहरुले ध्यान दिन्छ| ४२ कि.मि. यो राजमार्गको १ ठाउमा पनि जेब्रा क्र्सिंग छैन ,अरु सडक रोड सेफ्टी त पर जावोस | स्मरण रहोस २ महिना अगाडी बमनहर अगाडी पनि इन्डियन न .कारमा पनियस्तै ५ जना मान्छेको मृत्यु भएको थियो |यस्ता घटना त रोक्न सकिदैन तर कम गर्न सकिन्छ र कमगर्न तिर नेताहरुको ध्यान जादैन किन हो किन यो घटना भएको ठाउमा हरेक महिना केहि न केहि गाडी पल्टेका हुन्छन कम से कम यी घटनाहुने ७-८ ठाउमा रोड गाइडर (मेटल डी.पी) हाल दिने हो भने केहि हद सम्म घटना न्यूनीकरण हुन्थियो | अरु त जे होस् जय देश २ न प्रदेश त छ दै छ|